ओलीलाई सेनाले उद्दार गरी सुरक्षा घेरामा, भारतले अस्वीकार गरेपछि दुबई पुगेको चर्चा
                                राजधानीमा बढ्दो राजनीतिक अस्थिरता र अराजक अवस्थाबीच नेपाली सेनाले निबर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्दार गरी आफ्नो विशेष सुरक्षा व्यवस्थामा राखेको विश्वसनीय स्रोतले जनाएको छ। सेनाले उनलाई संवेदनशील मानिएको स्थानमा राखेको भनिए पनि यसको आधिकारिक पुष्टि गरिएको छैन। उच्चस्तरीय सुरक्षा स्रोतहरूका अनुसार, ओली भारत जान इच्छुक थिए तर दिल्लीले उनलाई तत्काल सरण दिन अस्वीकार गरेको दाबी गरिएको छ। यही अस्वीकृतिपछि उनी दुबई गएका छन् भन्ने चर्चा तीव्र भएको छ, यद्यपि यसबारे कुनै औपचारिक पुष्टि अहिलेसम्म आएको छैन।
देशको सत्ता समीकरण र नेतृत्व व्यवस्थापनबारे अनिश्चितता बढेसँगै सामाजिक सञ्जालमा ओलीको वर्तमान अवस्थाबारे बहस चर्किएको छ। कतिपयले सेनाको भूमिकालाई “सुरक्षा प्राथमिकता”का रूपमा व्याख्या गरेका छन् भने अर्कोतर्फ पारदर्शिताको कमीले जनस्तरमा प्रश्नहरू थपिएका छन्। नेपाली सेनाले भने यस विषयमा औपचारिक विज्ञप्ति जारी गरेको छैन, तर संवेदनशील पदाधिकारीहरूको सुरक्षालाई उच्चतम प्राथमिकता दिइएको दाबी स्रोतहरूबाट आएको छ।
बढ्दो अराजकता र नेतृत्व संकटबीच ओलीको अवस्थाले सत्ता सन्तुलन र अन्तरिम व्यवस्थाको सम्भावित परिदृश्यलाई अझ जटिल बनाइरहेको छ। परिस्थिति स्थिर हुने संकेत नदेखिँदा राजनीतिको केन्द्र अझै अनिश्चिततामै बाँकी छ।