हाम्रा सर्त तथा नीतिहरु

प्रयोगकर्ताका लागि नियम तथा हाम्रा नीतिहरु

तपाई नेपाल आजको प्रयोगकर्ता हुनुहुन्छ भने तपशिलका कुरामा ध्यान दिनुहोला :


 

क. तपाई सूचनाको हकलाई सम्मान गर्नुहुन्छ । अन्य प्रयोगकर्तालाई नेपाल आज प्रयोग गर्न व्यवधान हुने गरी गतिविधि गर्नुहुने छैन । नेपाल आजमा प्रकाशित÷प्रशारित सामाग्री तोडमोड गर्ने पुनः प्रयोग गर्न पाइने छैन । स्रोत उल्लेख गरी गैरव्यापारिक प्रयोजनका लागि भने प्रयोग गर्न सकिनेछ ।

ख. तपाई नेपाल आजमा आफ्ना लेख रचना विश्लेषण पठाउन सक्नुहुन्छ । तर पठाइएका सामाग्रीको विश्वसनियता र सत्यता सम्बन्धी जिम्मेवारी लेखककै हुनेछ । तपाईले आफ्नो भनि पठाएका सामाग्रीमाथि कसैले कुनै प्रकारको हकदाबी गरेमा सोको प्रतिवादी तपाई हुनुहुनेछ ।

ग. नेपालआज बहस, विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो । तपाई यस्ता गतिविधिमा सहभागी हुनसक्नुहुन्छ । तर, नियतबस कसैको खेदो खन्न र बद्नाम गर्न वा कसैको बढाइचढाइ गर्न भने पाइने छैन ।

घ. तपाई नेपाल आजसँंग सम्बन्धित फेसबुक, ट्विटर लगायतका प्रविधिको प्रयोग गर्न सक्नुहुन्छ । तर, अश्लिल, अमर्यादित र देशको अखण्डतासंँग बाझिने कुनैपनि सामाग्री ट्याग गर्न वा पोष्ट गर्न पाइने छैन ।

ङ तपाईले दिएका सूचनाका आधारमा नेपाल आजले सामाग्री तयार गर्नसक्छ । तर, तपाईको सूचनाको प्रमाणिकरणका लागि हामी स्वतन्त्र रहनेछौं । तपाईको अनुमतिबिना तपाई स्रोत हो भनि खुलाउने छैनौं ।

 


हाम्रा नीतिहरु


१. हामी नेपालको संविधानको अधिनमा रही क्रियाशील छौं । अनलाइन प्रकाशनका लागि आवश्यक कानूनी दायरा पूरा गरेका छौं ।

२. हामी राष्ट्रिय अखण्डता र लोकतन्त्रप्रति पूर्ण बफादार छौं ।

३. नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सदुपयोग गर्दछौं ।

४. हाम्रो कुनैपनि किसिमको दलीय वा आस्थागत संलग्नता छैन । निष्पक्षता हाम्रो निष्ठा हो । तर ‘आवाजविहीनहरुको आवाज’ हुनु हाम्रो पेशागत धर्म हो ।

५. तपाईले पठाउनुभएका लेखरचनाको मर्म मर्ने गरी हामी सम्पादन गर्दैनौं । देशको अखण्डता र लोकतन्त्रका आधारभूत मान्यताविपरित रहेका कुरा प्रकाशन÷प्रशारण गर्न हामी बाध्य हुने छैनौं ।

६. नेपालआजमा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिको नै हुनेछ । सम्पादकीय बाहेकका विचार निजी हुनेछन् ।

७. हामी सबै प्रकारको बौद्धिक सम्पत्तिको हकको सम्मान गर्दछौं ।

८. तपाई हामीलाई सूचना, लेखरचना, भिडियो, फोटो आदि सामाग्री पठाउन सक्नुहुन्छ । तपाईले नचाहेको खण्डमा हामी तपाई स्रोत हो भन्ने खुलाउंदैनौं । तर, तपाईले सो सामाग्रीमाथि अरुको हकदाबी नरहेको प्रष्ट पार्नुपर्ने हुन्छ ।

९. प्राप्त सामाग्रीको प्रमाणिकरणका लागि हामी तपाईसँंग पर्याप्त सोधखोज गर्न सक्नेछौं ।

१०. हामी व्यक्तिको गोपनियताको हकको सम्मान गर्छौं । राज्य, समाज र सार्वजनिक हित विपरित रहेका नीजि मामिला तथा सार्वजनिक स्थलमा भएका घटना व्यक्तिको गोपनियताभित्र नपर्न सक्छन् ।

११. हामी नेपाल आजका प्रयोगकर्ताको सुझावलाई स्वागत गर्छौं ।

१२. विज्ञापन र समाचारको साटासाट गर्ने प्रवृत्तिदेखि हामी टाढा छौं । सम्पादकीय स्वतन्त्रताको अधिनमा रही नेपालआज संचालित छ ।