समाचार

भारतद्वारा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

भारतद्वारा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं। भारत सरकारले ३ं करोड ६१ लाख सहयोगमा खोटाङ जिल्लाको रावा बेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय र छात्रावास भवन निर्माण गरिएको छ।

'नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको भवनको बिहीबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे। 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । 

शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो।  कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ५० प्रतिशत छात्रा छन् ।