कभर स्टोरी

'धोकेबाज' प्रचण्डसँगको एमाले अलाइन्सले असन्तुष्ट कार्यकर्ता

'धोकेबाज' प्रचण्डसँगको एमाले अलाइन्सले असन्तुष्ट कार्यकर्ता

काठमाडौं- नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'धोकेबाज' भएको दस्तावेजमा नै उल्लेख गरेको छ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई पटक-पटक धोका दिएको, पार्टी विभाजन गराएको भन्दै आगामी दिनमा प्रचण्डसँग सहकार्य गर्न नसकिने दस्तावेजमा उल्लेख गरेको भए पनि फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नै अलाइन्स गरेपछि कार्यकर्ता तहमा भने असन्तुष्टि चुलिएको छ।

विगतमा नेकपा माओवादीसँग नै लडेर चुनावमा हारजित गरेको र अहिले सत्तामा फेरि सोही दलसँग सहकार्य गरेको भन्दै एमालेजनमा असन्तुष्टि बढेको हो। विगतमा नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेता भएको पटक-पटक बताउँदै आएका थिए।

उनले भनेका थिए, 'तान्त्रिक जस्तो मायावी प्रचण्डले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको छन्। प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो। तर धोकेबाज नेता हो। नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन्।’

यसरी विगतमा आफन्तलाई मात्रै पालन पोषण गरेको भन्दै आरोप लगाउने गरेका प्रधानमन्त्री प्रचण्डसँग नै ओली फेरि मिलेपछि पार्टीका केन्द्रीय नेतासँग कार्यकर्ता तह असन्तुष्ट बनेको हो।

यता एमालेकै नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई फिर्ता गराउनुपर्ने अडान राखिरहेका छन्। सुशासनको कुरा गर्ने र सुन तस्करसँग सम्बन्ध भएका व्यक्तिलाई अर्थमन्त्री बनाइराख्दा दोहोरो चरित्र उदाङ्गो भएको भन्दै अर्थमन्त्रीलाई फिर्ता गर्न माओवादीलाई एमालेले दबाब दिइरहेको छ।