मोदीराज्यमा परिवर्तीत विदेश निति ‘भूतो–नभबिष्यती’
- अनिल तिवारी
राजनीतिमा एक दिनलाई पनि लामो समय लिने गरिन्छ । तर विदेश नीतिको कुरा गर्ने हो भने,ं एक दशकलाई गंभीर मूल्यांकनको रुपले पर्याप्त मानिदैन । जबकि ,बितेको भारतीय बिदेशनितिको एक दशक यो सम्बन्धमा अपवाद जस्तै रहेको छ । साउथएशियाकै परिपेक्ष्यमा कुरा गर्ने हो भने, वैश्विक राजनीतिमा आएका परिवर्तनका प्रकृति त खासै छैन ,यसका दायराले पनि व्यापकता लिएको छ ।
यसका साथै भारतीय विदेश नीतिमा महत्वपुर्ण परिवर्तन आउनु स्वाभाविक नै हो । मोतीकालमा भारतीय विदेश नीतिमा ठुलो फडको मारेको छ । वैश्विक समय र समीकरणहरुका साथै प्रधानमंत्री नरेंद्र मोदीको व्यक्तिगत सहभागीता र सक्रियताले पनि ठुलो छाप छोडेको छ ।
स्मरण गर्न सकिन्छ,जुन समयमा मोदी (सन् २०१४मा) सत्ताको नेतृत्व लिएका थिए । त्यसबेला उनीसंग बिदेश नितिको खासै अनुभव नभएको हल्ला चलाइएको थियो ।
‘हिंदू राष्ट्रवादी नेता’भन्दै उनको छविलाई दर्शाउदै कांग्रेसाइ लगायत बिपक्षी गठबन्धन दलता नेताहरुले मुख्य रुपमा इस्लामी मुलुकहरुसंग भारतको सम्बन्ध खराब हुने दाबी गर्दै हिडेका थिए ।
तर भारतीय प्रधानमन्त्री मोदीले ‘इंडिया फस्ट’ को मंत्रणालाई केंन्द्रिकृत गर्दै पहिला छिमेकि मुलुकहरुबाट व्यावहारिक विदेश नीतिलाई अगाडि बढाए । जसअनुसार सबै बिरोधी र समर्थक दुबैलाईसंगसगै आश्र्चय चकित बनाउन सफल भए । बितेको एक दशकमा उनी भारतीय विदेश नीतिलाई यसतो रुपदिन सफल भए , जसको बारेमा ‘भूतो, नभबिष्यती’ कसैले कल्पना पनि गर्नसकेको थिएन ।
प्रधानमन्त्री मोदीको नेतृत्वमा सबै भन्दा ठुलो परिवर्तन आएको छ । जसले गर्दा वैश्विक मन्चमा ठुलो भूमिकानिर्वाह गर्नुका साथै भारत रूल मेकरको रुपमा आगाडि आउने दिल्लीको आकांक्षा लगातार मजबूत हुदै गएको छ ।
नेतृत्वदायी रुपमा अगाडि बढिरहेको भारतीय विदेश निति
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको विदेश नितिमा ठुलो परिवर्तन आउनुका साथै वैश्विक स्तरमा सम्वेदनशिल समयहरुमा पनि भारतको भूमिका रूल मेकरको रुपमा अगाडि बढदै गएको छ । ‘रुस–युक्रेन’ युद्धहोस वा ‘इजरायल–हमास’ बिचको लडाइ लगायतका सबै समयमा भारतीय विदेश निति भारतीयहितका साथ दृढताले आगडि बढेको छ । भारतको अध्यक्षतामा भएको जि २४ को बैठकमा कुनै घोषणापत्र पारित नै नहुने विपक्षी गठबन्धन दलका नेताहरुले चलाएको हल्लालाई समेत पर्रास्त गर्दै नया दिल्ली जी २४ लीडर्स घोषणा पत्र माथी सहभागी सबै देशको सहमति पनि देखियो । प्रधानमंत्री नरेंद्र मोदीले आफै उक्त घोषणा पत्रलाई जारी गर्दै भनेका थिए , ‘हाम्रो टीमको हार्डवर्क र तपाइहरु (सहभागी सबै राजनेता तथा जनप्रतिनिधिहरुको )सहयोगमा नया दिल्ली जी २४ लीडर्स घोषणा पत्र माथि सहमति भएको हो ।’
सभामा प्रधामन्त्री मोदीले भने,‘मेरो यो प्रस्ताव छ कि ,यो लीडर्स डिक्लेरेशनको सबैले एडॉप्ट पनि गरुन,म यो डिक्लेरेशनलाई एडॉप्ट गर्न घोषणा गर्दछु ।’
तिब्ररुपमा परिवर्तीत वैश्वीक कुटनितिलाई भारतीय परिपेक्ष्यमा ढाल्नुका साथै नया दिल्ली कुटनैतिक चाहनालाई लगातार दरिलो बनाउने तर्फ भारतीय विदेश मन्त्रालय अगाडि बढेको छ । जसले गर्दा वैश्विक राजनिति पटलमा मोदीको कूटनीतिले भारतीय आकांक्षाहरुलाई नया उच्चाइमा पुर्याएको छ ।
परिणामस्वरुप दशक अगाडिसम्म वैश्विक स्तरको भूमिकालाई वेवास्ता गर्दै जसोतसो चलिरहेको भारतीय विदेश नितिमा आमूलपरिवर्तन आएको हो ।जुन ग्लोबल गवर्नेंसमा योग्यदान पुर्याउन नेतृत्वदायी भूमिकामा छ । केहि समय अगाडि सोमालिया नजिकै समन्ुद्री डाकुहरुको नियन्त्रण फसेको कमर्शियल जहाज छुड़ाउन भारतीय नौसेनाको अभियान यसको ज्वलन्त उदाहरण पनि हो ।
मोदी सरकारले, यो दशकमा घरेलू र विदेशी बिचको कृत्रिम विभाजन सबै समाप्त परेको छ । भारतको मुख्य प्राथमिकता घरेलू मोर्चामा आधारित विकासबाट नै कायापलट पार्ने अबिरल प्रयास देखिन्छ ।
भारतीय कूटनीति पनि विकास सम्बन्धि राष्ट्रीय चाहनाहरुलाई पूर्ति गर्ने एउटा साधनको रुप्मा नै संचालित देखिन्छ । यसलाई अन्तर्राष्ट्रिय कुटनितिक पटलमा राख्ने गरिएको छ ।जसअनुसार एक खास व्यावहारिकतालाई सार्थक पुर्याउने काम मोदी राज्यको विदेश नितिले गरको छ । मोदी सरकार विचारधारा भन्दा पनि भागीदारीलाई महत्वपूर्ण भूमिको रुपमा अगाडि बढाएको देखिन्छ ।
मुख्यरुपमा मादीविदेश नितिको अग्नीपरिक्षामा सफल भएको तब देखियो , जब ‘रसिया–यूक्रेन’ युद्धमा भारत पश्चिमी मुलुकसंगको सम्बन्धलाई सुमधुर राख्दै रूससंगको आफ्नो विशिष्ट सम्बन्धलाई कायम राख्न सफल देखियो ।
मोदीको अभियान चीन माथी ध्यान
बितेको दशकमा सबै भन्दा ठुलो परिवर्तन खास रुपमा देखिएको छ । पाकिस्तानसंग मात्र अल्झिनु भन्दा पनि भारत बंगालको खाड़ीको समुद्री भूगोलमा बढी जोड दिइएको छ । जसले गर्दा दक्षिण र दक्षिण पूर्वएशिया बिचको सम्पर्कलाई बलियो बनाउने उसको लक्ष्य अगाडि बढेको देखिन्छ । जसलाई भारतीय विशलेषकहरु ठुलो उपलब्धिको रुपमा लिएका छन । भारतले पाकिस्तान भन्दा पनि आफ्नो महत्वपूर्ण रणनीतिक चुनौतीको रुपमा रहेको चीन माथि ध्यान केंन्द्रित गर्न सजिलो बनाउदै अगाडि बढेको हो ।
गलवान घाटीमा भएको चिनसंगको भिडन्त पछि भारतीय धारणालाई स्पष्ट पार्दै सीमामा स्थिती सामान्य नभएसम्म,दुबै देशबिचको सम्बन्ध पनि सामान्य नहुने चिनलाई कडा सन्देश दिएको देखिन्छ । चिनसंग भारत इतिहासमै पहिलो पटक यति कडा रुपमा आगाडि बढेको हो । जसभन्दा अहिलेसम्म पछाडि हटेको पनि देखिदैन । पुर्व र दक्षिण पुर्व एशियामा भारतको बढदै गएको उपस्थिती तथा हिन्दप्रशान्त क्षेत्रको सामरिक समीकरणलाई आकार दिन भारतले देखाएको चासो , भारतीय चाहनाको वास्तविकतालाई संकेत पनि हो । किनकि भारत अब आफ्नो लागी ठुलो वैश्विक र क्षेत्रीयभूमिका सुनिश्चित गर्न लागीे दिएको सन्देश पनि हो ।
गएको केहि बर्षमा भारतबिरोधी चुनौती दिन र वैचारिक पृष्ठभूमिको चिन्तालाई बिना नै केहि छिमेकिहरुलाई दिगभ्रमित बनाउन चिन सफल देखिएको छ । शी जिनफिंगको बेल्ट एन्ड रोड इनीशिएटिवद्धारा सन २०१४ देखि भारतको विरोध गर्ने तथा सैन्य आक्रामकताको शैलीलाई अगाडि बढाएको छ ।चिन पाकिस्तान,श्रीलंका,नेपाल र मालदिवस जस्ता छिमेकी भूमिलाई भारतको बिरोधमा प्रयोग गर्न उद्धत देखिन्छ ।तर चिनको वेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात बिआरआई छिमेकिको विकास भन्दा चिनेको ऋणजाल भएको प्रमाणि भएको छ ।कुनै पनि औपचारिक गठबन्ंधन भन्दा पनि अमेरिका अहिले भारतसंगको मित्रतालाई गुणात्मक रुपमा स्थापित गर्न आगाडि बढको छ ।यसका साथै यूरोपीय मुलुकहरुको सहयोगमा आफ्नो घरेलू क्षमता बढ़ाउदै भारतले अहिलेको आर्थिक गतिमा गजबले अगाडि बढेको व्यावहारिकता देखाएको छ ।
विगतमा विभिन्न सिद्धान्तमा अल्झिएको भारत हिजो आज विश्व मंचमा एक जिम्मेदार स्टेक होल्डरको रुपमा उभिएको कुरालाई नकार्न सकिदैन । कोरोनाको महामारीमा वैक्सीन मैत्री पहलद्धारा छिमेकि देखि पुरै पुरै विश्वमा नयाभूमिका र आत्मविश्वास साथ उभिएको झलक झल्को अहिले पनि सम्भन सकिन्छ । भारत अहिले सबैखाले वैश्विक समस्याहरुलाई हल गर्न अगाडि आउनुका साथै कतिपय विषयमा नेतृत्वदायी भूमिका समेत निर्वाह गरेको छ ।
नेतृत्वहीनताको गतिमा गतिशिल वैश्वीक समाजको कतिपय संकटको घडीमा मोदीको नेतृत्वदाइ व्यत्तित्वले अन्ंतर्रराष्ट्रीय स्तरमा भारतको पहिचान र छाप स्थापित गर्दै अगाडि बढको छ । जसको मुख्य उदाहरण भारतले जि २४को अध्यक्षता पनि एक हो ।
वैदेशिक महत्वाकांक्षी उदेश्य
पुरै विश्वमा राजनीतिको ठुलो उथल पुथल चलिरहेको छ । कोरोनाको माहामारीसंगै आर्थिक मन्दीले गर्दा जनमानसमा निरासा बढदो छ । त्यसलगतै रसिया र इजरायल जस्ता शक्तिसम्पन्न मुलुकहरु युद्धमा होमिनु विश्वशान्ति माथिको ठुलो चुनौति पनि हो । बर्तमान चुनौतीपूर्ण समयमा मोदीले भारतलाई एक अतुलनिय र विशेष आवाज दिएका छन । अहिले कुनै पनि अन्य शक्तिशालि मुलुकका जनता भन्दा भारतीय युवाहरु पनि भविष्यलाई महत्वाकांक्षी रुपमा देखि रहेका छन । जसको चाहना मोदी राज्यमा मात्र सम्भव भएको हो । यो कुरा पनि भारतको वैदेशिक सम्बन्धमा तय गरिएको अहम निर्वाहले नै हो । मोदीको नेतृत्वले त्यो अहम भावना बुझनुका साथै उसको प्रभावी प्रयोगलाई पनि सार्थक बनाएको छ । मोदी भित्रको आत्मबल राजनैतिक खुबिले पनि यो राष्ट्रिय र अन्र्राष्ट्रीय आकांक्षालाई आफ्नो विदेश नीतिमा लागु गर्दै आन्तर्राष्ट्रिय छविलाई स्थापित गर्न सफल भएको देखिन्छ ।