पाकिस्तान–अफगान सीमा युद्धस्तरको तनाव: एक रातमा ५८ सैनिक मारिए, तालिबानले २५ पोस्ट कब्जाको दाबी
पाकिस्तान र अफगानिस्तानबीचको सीमा फेरि युद्धको मोडमा पुगेको छ। Politico र The Guardian का रिपोर्ट अनुसार, शनिबार राति तीव्र भिडन्त हुँदा ५८ पाकिस्तानी सैनिक मारिएका र २५ वटा सैन्य पोस्ट तालिबानले कब्जा गरेको दाबी गरिएको छ। अफगान अधिकारीहरूले यस घटनालाई पाकिस्तानको “सीमापार आक्रमणको जवाफी कारबाही” भनेका छन्।
Politico का अनुसार, अफगान सेनाले रातभर चलेको अपरेशनमा पाकिस्तानका Frontier Corps सदस्यहरूलाई लक्षित गरेको थियो। पाकिस्तानी सेनाले भने २३ सैनिकको मृत्यु मात्र स्वीकार गरेको छ र “अत्यधिक संयमका साथ” सीमाको रक्षा गरिरहेको बताएको छ।
The Guardian को रिपोर्टमा भनिएको छ कि लडाइँ दुरान्ड रेखाको नजिक, कुनार र खैबर क्षेत्रबीच भएको थियो। स्थानीय स्रोतहरूका अनुसार, ती क्षेत्रमा हाल सयौँ परिवार विस्थापित भएका छन् र नागरिकहरूले रातभरि तीव्र गोलीबारी सुनेका थिए। पाकिस्तानी हवाई बलले पनि सोमबार बिहान अफगान सीमा पार बमबारी गरेको जनाइएको छ।
यो भिडन्त दुई देशबीचको सम्बन्धमा आएको सबैभन्दा ठूलो सैन्य टकरावमध्ये एक मानिएको छ। पाकिस्तानले तालिबान सरकारमाथि TTP (Tehrik-e-Taliban Pakistan) लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ, भने तालिबानले भने पाकिस्तानले अफगान भूमिमा बारम्बार “अवैध” हमला गरिरहेको आरोप लगाएको छ।
सुरक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् कि यदि कूटनीतिक प्रयास तुरुन्त सुरु भएन भने यो टकराव “पूर्ण सीमास्तरीय युद्ध” मा रूपान्तरण हुन सक्छ।