डीक्लासिफाइड “गगन थापाको घरबाट लुटिएको पहेंलो–सेतो धातु बरामद!” — सरकारको छानबिन जारी (सूची सहित)

डीक्लासिफाइड “गगन थापाको घरबाट लुटिएको पहेंलो–सेतो धातु बरामद!” — सरकारको छानबिन जारी (सूची सहित)

जेन-जि आन्दोलनको दौरान भदौ २४ गते गगन थापाको रातोपुलस्थित घरमा आगजनी र लुटपाट भएपछि प्रहरीले नियन्त्रणमा लिएका तीन जनाको डेराबाट साडी, सल, पर्स, सुन–चाँदी खरिद गरेको बिल, ग्लाभ्स, पहेंलो धातुको भगवानको मूर्ति, विभिन्न झोला, प्लास्टिकको मूर्ति, भाँडाको सेट, सिक्का, बाला, माला, ढुंगासहितका गहना, असर्फी, पोते (चुडिएको अवस्थामा), उपकरण, आइडी कार्ड, धागो, गिफ्ट ह्याम्पर, काठको लाफिङ बुद्ध मूर्ति, पहेंलो धातुका बाली, वाला, जन्तर, तिलहरी, हार, औंठी, टप, रिङ, झुम्का, फुली, मोतीजस्ता दाना, ढुंगासहितका ब्रासलेट, किन्तिया, लकेट, सिँक्री (ढुंगासहित, ढुंगाविहीन, टुटफुट भएका), सेतो धातुको सिँक्री, पहेंलो धातुका टुक्रा र नगद रकमसहितका सामग्री बरामद गरेको छ।

प्रहरीका अनुसार यी सामग्री पक्राउ परेकाको डेरामा फेला परेका हुन्। यी वस्तुहरू गगन थापाको परिवारसँग सम्बन्धित हुन् भन्ने दाबी सार्वजनिक स्रोतहरूले गरिरहेका छन्। एक स्रोतले भन्यो, “घर रातोपुल नजिकै हुनु, अञ्जना केसी थापा लेखिएको कार्ड फेला पर्नु र ‘नेपाली कांग्रेस’ लेखिएको ब्याग तथा माला भेटिनु नै गगन थापा परिवारसँग सीधा सम्बन्ध देखाउँछ।” यद्यपि प्रहरी प्रवक्ता अपिल राज बोहराले यी सामग्रीहरूको स्वामित्वबारे आधिकारिक पुष्टि गरेनन्।

बरामद सूचीमा धार्मिक, व्यक्तिगत, वित्तीय र धातुजन्य विभिन्न प्रकारका वस्तुहरू समेटिएका छन्। साडी, सल, गिफ्ट ह्याम्पर, नगदजस्ता दैनिकीमा प्रयोग हुने वस्तुहरूदेखि पित्तल वा सुनझैँ देखिने भगवान सरस्वतीको मूर्ति, तिलहरी, औंठी, टप, झुम्का, सिँक्री, मोतीजस्ता दाना, सिक्का, असर्फी र ढुंगासहितका गहनासम्म विविध सामग्री छन्। झट्ट हेर्दा कतिपय वस्तु बहुमूल्य धातुका हुनसक्ने देखिए पनि प्रहरीले प्राविधिक परीक्षण नगरी ‘पहेंलो’ र ‘सेतो’ धातु भनेर मात्र वर्गीकरण गरेको हो।

यो घटनाको पृष्ठभूमिमा, भदौ २४ मा भएको आन्दोलनका बेला गगन थापाको घरमा तोडफोड, आगजनी र चोरी भएको थियो। त्यसपछि प्रहरीले खोटाङ, सिन्धुपाल्चोक र मकवानपुरका तीन जना युवकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पक्राउ परेकाको डेरामा फेला परेका यी वस्तुहरू अब स्वामित्व, स्रोत र मूल्य निर्धारणका लागि अनुसन्धानमा छन्।

यो घटनाले एक महत्वपूर्ण उदाहरण पेश गरेको छ — सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र गृहमन्त्री ओमप्रकाश अर्यालले गगन थापाको घरमा भएको लुटपाट तथा क्षतिको गम्भीर अनुसन्धान आरम्भ गरेको देखिन्छ। पुराना राजनीतिक शक्तिका शीर्ष नेताको घरमा भएको चोरी–आगजनीबारे सत्ता परिवर्तनपछि पनि सरकार गम्भीर रूपमा लागेको सन्देश यो घटनाबाट प्रष्ट देखिन्छ। यद्यपि अन्य नेताहरूका घर तथा सम्पत्तिमा भएका तोडफोड र चोरीसम्बन्धी अनुसन्धान भने अझै बाँकी छ।

गगन थापाको परिवारतर्फबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। गगन थापाको घरमा भेटिएको भनिएको वस्तुहरू कस्ता थिए भन्ने विस्तृत सूची तल हेर्न सकिन्छ।


१. बुटेदार कडाईबाला रातो रंग को साडी १।  
२. सल तान १। 
३. दुई साना खट विनायक सुनचादी पसल लेखिएको र Silver House लेखिएको पर्स। 
४. Shalimar Jewelers को  m.k thapa Devi नामको बिल थान १।
५. Biv लेखिएको सेतो रंग को ग्लाब्स थान १।  
६. पित्तल जस्तो देखिने धातुको सरस्वती भगवान को मुर्ति थान १।  
७. थकाली लेखिएको सानो झोला थान १।  
८. प्लास्टिक को गाढा रातो रंग को मुर्ती थान १।  
९. तामाको जस्तो देखिने धातुको दियो बाल्ने भाडो सेट थान १। 
१०. सताब्दी पुरुस सत्यमोहन जोशी समेत लेखिएको ठुलो र सानो सिक्का तान  २। 
११. सेतो रंग को बाला १।  
१२. खैरो रंग को बाला थान १। 
१३. सेतो माला थान १।  
१४. तीन लाईन भएको स्टोन साहितको माला थान १।  
१५. नेपालि काँग्रेस उद्यमसिलता र साना तथा मझौला ब्यबसाय बिकास बिभाग लेखिएको ब्याग थान २। १६ .  असर्फी लेखिएको सिक्का  थान १।  
१७. रु १ को सिक्का थान १। 
१८. रु २ को सिक्का थान १८। 
१९. गुलाबी रंग को पर्स थान १।  
२०. Daniels समेत लेखिएको कालो रंगको झोला भित्र रहेको चुडालिएको अबस्थामा हरियो पोते थान ३।  
२१ . चुडालिएको अबस्थामा  रहेको हलुका गुलाबी पोते थान १।  
२२. नेपालि जनसम्पर्क समिति यु.ऐई लेखिएको उपकरण थान १।  
२३. अन्जना केसी लेखिएको Alka dental Home Pvt. Ltd. लेखिएको कार्ड थान १।  
२४. पहेलो रंगको चुडिएको अबस्थामा रहेको धागो थान २।  
२५. Sweet Bean लेखिएको गिफ्ट ह्याम्फर जस्तो देखिने बस्तु थान १।  
२६  ⁠Shalimar Jewelers लेखिएको सानो पर्स रातो रंगको थान १।
२७. ⁠काठले बनेको लाफिङ बुद्ध मूर्ति थान १।
२८. पहेलो धातुको बाली थान २।
२९.⁠ ⁠पत्थर सहितको वाला थान १।
३०. कभर भएको बाला थान ४।   
३१.⁠ ⁠पहेलो धातुको टुटफुट भएको जन्तर थान १।
३२.⁠ ⁠पहेलो धातुको तिलहरी थान २ ।
३३.⁠ ⁠पहेलो धातुको पात थान १।
३४.⁠ ⁠पहेलो धातुको टुटफुट  भएको हार थान २।
३५.⁠ ⁠पहेलो धातुको पत्थर सहितको औंठी थान ५।
३६.⁠ ⁠पहेलो धातुको पत्थर सहितको पेच  नभएको टप थान ५।
३७.⁠ ⁠पहेलो धातुकोपेच भएको टप थान ३।
३८.⁠ ⁠पहेलो धातुको पत्थर सहितको पेच नभएको टप थान ७।
३९.⁠ ⁠पहेलो धातुको रिङ थान २।
४०.⁠ ⁠पहेलो धातुको पेच नभएको झुम्का थान २ र टप थान १।
४१.⁠ ⁠पहेलो धातुको पत्थर सहितको फुली  थान १।
४२.⁠ ⁠सेतो धातुको पत्थर सहितको टप थान १। ४३. पहेँलो धातुको पत्थर सहितको फूलो थान १।
४३.⁠ ⁠मोती जस्तो देखिने दाना थान ११।
४४.⁠ ⁠पहेँलो धातुको पत्थर भएको ब्रासलेट थान २ र टुटफुट भएको ब्रासलेट थान २।
४५.⁠ ⁠पहेँलो धातुको किन्तिया पत्थर भएको थान १ र पत्थर नभएको थान १।
४६.⁠ ⁠पहेँलो धातुको लकेट थान ६।
४७.⁠ ⁠पहेँलो धातुको टुटफुट भएको पत्थर सहितको सिँक्री थान १ र पत्थर नभएको सिँक्री थान १।
४८. ⁠सेतो धातुको चेप्टो आकारको सिँक्री थान १।
४९. ⁠⁠सेतो धातुको सिँक्री थान २।
५०.⁠ ⁠पहेँलो धातुको टुक्काहरू थान १६।
५१.⁠ ⁠नगद रकम रू. १३,००० (तेर्ह हजार आठ सय पचास रुपैयाँ)।


📝 सम्पादकीय सूचना:
गगन थापासम्बन्धी थप समाचार, विश्लेषण र पछिल्ला अपडेटहरू पढ्न चाहनुहुन्छ?
👉 यस ट्यागमा क्लिक गर्नुहोस् — ‘गगन थापा’

गगन थापा

संम्बधित खबर