राजनीति

कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको भीड!(सूची सहित)

कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको भीड!(सूची सहित)

काठमाडौं। ऊर्जा मन्त्री कुलमान घिसिङले अघि बढाएको ‘उज्यालो नेपाल पार्टी’ले आफ्नो केन्द्रीय नेतृत्व नयाँ रूपमा निर्वाचन आयोगमा दर्ता गरेको छ । ५१ सदस्यीय अद्यावधिक समितिमा डाक्टर र इञ्जिनियरहरूको उपस्थितिले पार्टीलाई ‘टेक्नोक्र्याट–पोलिटिकल फोर्स’को रूप दिन थालेको देखिन्छ ।

इञ्जिनियर अनुपकुमार उपाध्यायले अध्यक्षका रूपमा नेतृत्व लिएका छन् भने सदस्यहरूको सूचीमा इञ्जिनियर शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही छन् । त्यस्तै, डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी र डा. आशुतोष विजय पन्त पनि केन्द्रीय सदस्यका रूपमा समावेश छन् ।

कलाकार र टेलिभिजन कार्यक्रम सञ्चालक रिमा विश्वकर्माको नामले पनि सूचीलाई झनै चर्चामा ल्याएको छ ।

यसअघि साउन महिनामै कुलमान घिसिङले जितराम लामाको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । ‘चिम’ चिन्हसहित दर्ता भएको यो पार्टीले अब आधिकारिक रूपमा पदाधिकारी हेरफेरको निवेदन आयोगमा पेस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरेका छन् ।