राजनीति

ईश्वर पोखरेल प्यानलमा ‘त्यागको राजनीति’, नयाँ पुस्तालाई प्राथमिकता

ईश्वर पोखरेल प्यानलमा ‘त्यागको राजनीति’, नयाँ पुस्तालाई प्राथमिकता

नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा केही प्रभावशाली नेताहरूले उम्मेदवारी नदिई समर्थन जनाउने रणनीति अपनाएका छन्। अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, साथै अनुशासन आयोगका पूर्व अध्यक्ष अमृत कुमार बोहोरा यसपटक उम्मेदवार नबन्ने निर्णयमा पुगेका छन्।

उनीहरूले आफू चुनावी प्रतिस्पर्धामा नउत्रिए पनि ईश्वर पोखरेललाई सहयोग गर्ने र पार्टीभित्र नयाँ पुस्ताका नेताहरूलाई अघि सार्ने रणनीति अंगालेको बताइएको छ। यसलाई पोखरेल प्यानलको ‘त्याग र पुस्तान्तरण’ केन्द्रित राजनीति रूपमा हेरिएको छ।

यसको विपरीत, ओली पक्षमा भने पद प्राप्ति र व्यक्तिगत आकांक्षा हावी देखिएको टिप्पणीहरू पार्टीभित्र उठ्न थालेका छन्। यही भिन्न रणनीतिका कारण महाधिवेशनको शक्ति सन्तुलन र आन्तरिक बहस थप रोचक बन्दै गएको छ।