समाचार

मुस्ताङको स्याउ बजारमा भित्रिँदै, किन यहाँको स्याउ अरु भन्दा स्वादिलो छ?

मुस्ताङको स्याउ बजारमा भित्रिँदै, किन यहाँको स्याउ अरु भन्दा स्वादिलो छ?

नेपालमा मुस्ताङलाई स्याउको राजधानी मानिन्छ। यहाँ उत्पादन हुने स्याउको स्वाद र गुणस्तरले देशभरि चर्चा पाएको छ। मार्फा गाउँपालिकामा उत्पादित स्याउले ‘क्या राम्रो स्याउबारी मार्फा गाउँमा’ भन्ने गीतको लोकप्रियतालाई सार्थक बनाएको छ। असोज महिना लागेसँगै, मुस्ताङका पाँच गाउँपालिकामा स्याउ टिप्ने र बजारमा पठाउने काम सुरु भएको छ।

मुस्ताङको स्याउको माग काठमाडौं, पोखरा, चितवनजस्ता शहरमा उच्च रहेको छ। यसले गर्दा अन्य जिल्लाबाट व्यापारीहरु मुस्ताङका बगैंचामा पुगेर स्याउ खरिद गर्न थालेका छन्। स्याउ कलिलैमा टिपेर बजार पठाउँदा गुणस्तरमा कमी आएको गुनासोलाई सम्बोधन गर्न सर्वपक्षीय बैठकबाट असोज १ पछि मात्रै स्याउ टिप्न पाइने निर्णय गरिएको हो।

स्याउबारीमा व्यापारी र कामदारको चहलपहल देख्न सकिन्छ। बगैंचामा ठेकेदारले पहिले नै ठेक्का लिने भएकाले उनीहरु स्याउ टिप्न व्यस्त छन्। पछिल्ला दुई वर्षदेखि असोजमा मात्रै स्याउ टिप्न सूचना जारी गर्दै आएको छ, जसले गर्दा स्याउको गुणस्तर कायम राख्न मद्दत गरेको छ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले यस वर्ष दुई पटकसम्म सूचना जारी गर्दा पनि कसैले स्याउ खरिद गर्न टेण्डर हालेनन्, जसले गर्दा केन्द्रले आफैँ व्यवस्थापन गर्ने योजना बनाएको छ। मुस्ताङमा गोल्डेन, रोयल डेलिसियसजस्ता प्रचलित जातका साथै उच्च घनत्वको इटालियन स्याउसमेत लगाउन थालिएको छ।

मुस्ताङको उच्च उचाइमा स्याउखेतीले राम्रो उत्पादन गर्ने भएकाले, यहाँको स्याउ बजारमा सधैं अग्रस्थानमा रहन्छ।