भारत ‘शत्रु देश’ घोषित"
क्यानडाले भारतलाई ‘शत्रु देश’को सूचीमा राखेको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोको नेतृत्वमा रहेको क्यानडाको सरकारले हालै जारी गरेको "नेशनल साइबर थ्रेट एसेसमेन्ट २०२५/२६" प्रतिवेदनमा भारतलाई जोखिमपूर्ण देशहरूको सूचीमा समावेश गरेको छ। क्यानडाको साइबर सेक्युरिटी सेन्टरले सार्वजनिक गरेको यस प्रतिवेदनमा भारतसहित चीन, रुस, इरान, र उत्तर कोरियालाई विरोधी राज्यको रूपमा सूचीबद्ध गरिएको छ।
क्यानडाले भारतीय साइबर कार्यक्रमहरूलाई आफ्नो सरकारी नेटवर्कविरुद्ध जासुसीको उद्देश्य राखेको आरोप लगाएको छ। गत महिना हरदीप सिंह निज्जरको हत्या प्रकरणमा भारतीय उच्चायुक्त सञ्जय कुमार वर्माको संलग्नताबारे सार्वजनिक आरोप लगाएपछि क्यानडाले वर्मासहित केही भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। त्यसको प्रत्युत्तरमा भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको हो।
उत्तर कोरियाले अमेरिकालगायत केही मुलुकलाई यस्तो सूचीमा राख्ने परिपाटी रहेको भए पनि भारतलाई पहिलो पटक क्यानडाले यस्तो रूपमा सूचीबद्ध गरेको हो।