सन्तोष परियारको प्रधानमन्त्री ओलीसँग भेट: कानुनी प्रक्रिया सहज बनाउन अनुनय बिनय
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले मङ्गलवार बिहान सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार परियारले प्रधानमन्त्रीलाई कानुनी प्रक्रिया सहज बनाउन, पार्टी सभापति रवि लामिछानेलाई चाँडै हिरासत मुक्त गर्न, र थप दबाब तथा दुख नदिन अनुनय बिनय गरेका थिए।
प्रधानमन्त्रीले भेटमा सकारात्मक संकेत दिएको बताइएको छ।
यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याललगायत नेताहरूले प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए।
रास्वपाले पार्टी सभापति रवी लामिछानेमाथि भइरहेको छानबिनलाई प्रतिशोधपूर्ण भन्दै आलोचना गर्दै आएको छ।
संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ, जसका कारण रास्वपाले सरकारविरुद्ध आन्दोलनसमेत गरेको छ।