समाचार

डा. सीके राउतविरुद्ध हिन्दी भाषामा 'चिनियाँविरोधी' बयानले राजनीति तातियो!

डा. सीके राउतविरुद्ध हिन्दी भाषामा 'चिनियाँविरोधी' बयानले राजनीति तातियो!

भारतको आधिकारिक भाषा हिन्दीमा दिएको अभिव्यक्तिले मधेशका राजनीतिज्ञ रामन पाण्डे (रामन मधेसी) फेरि चर्चाको केन्द्रमा आएका छन्। नेपाली समाजमा बढ्दो भारतविरोधी धाराको बीचमा हिन्दी भाषामा प्रस्तुत उनको अभिव्यक्तिले चीनविरोधी कडा अडानलाई उजागर गर्दै विश्लेषणात्मक बहस निम्त्याएको छ। रामन मधेसी, जो मधेसी राष्ट्रियता र बहुल राष्ट्रियताको कट्टर समर्थक हुन्, डा. सी. के. राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले अहिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

रामनले सामाजिक सञ्जालमा लेखेका छन्:

"जनमत अध्यक्ष डा. सी. के. बाबू, लाल आतङ्क, विस्तारवादी, चिनियाँ रंगले रंगिएका…"
"पहिले मधेशका युवाहरूलाई तार्किक र प्रमाणिक ढङ्गले नेपालबाट अलग राज्य बनाउन प्रेरित गर्ने डा. राउत अहिले गिरीगिटीको जस्तै रंग बदल्दैछन्। पहिलोपटक चीन भ्रमणपछि गैर-लोकतान्त्रिक र तानाशाही प्रणाली भएका, नेपाली भूमिमा अतिक्रमण गर्ने चीनबाट उनी अत्यन्त प्रभावित भएका छन्। अहिले उनी भन्छन्, 'मधेशको विकास चीनबिना असम्भव छ। मधेशमा चिनियाँ भाषा र चीनमा नेपाली भाषा विस्तारको जिम्मा म लिन्छु।'"
"वाह, डा. राउत! तपाईंले त ती कम्युनिस्ट पार्टीहरूलाई पनि पछाडि पार्नुभयो जो बीजिङमा पानी परेको खबर सुनेपछि काठमाडौँमा छाता ओढ्छन्।"
"जनमत पार्टीका निर्दोष कार्यकर्ताहरूलाई व्यक्तिगत स्वार्थ पूर्तिका लागि बलिदान दिन तयार पार्ने तपाईंको शैलीको निन्दा गर्न शब्द पर्याप्त छैन। तपाईं अहिले जनमतका कार्यकर्ताको भविष्य बर्बाद गर्दै, पार्टीको नीति र सिद्धान्त मिच्दै, नयाँ 'चिनियाँ अवतार'मा प्रस्तुत हुनुभएको छ।"

रामन पाण्डेका अभिव्यक्तिलाई आलोचना गर्ने शैली कट्टर भए पनि, उनका कतिपय तर्कहरूले वर्तमान राजनीतिक परिस्थितिमा यथार्थपरक सवाल उठाएका छन्।

डा. सी. के. राउतको पछिल्लो चीनप्रतिको झुकाव र उनको अभिव्यक्तिले मधेशको विकासका लागि चिनियाँ प्रभावलाई अपरिहार्य ठहर्याएको प्रसंगलाई रामनले चुनौती दिएका छन्। चीनले नेपालमाथि गरेको भूमि अतिक्रमणजस्ता विषयहरूमा चुप रहेका डा. राउतको गतिविधिलाई रामनले ‘गिरीगिटी’ जस्तै चरित्र परिवर्तनको उपमा दिएका छन्।

रामनले मधेशको भविष्यप्रति चिन्ता व्यक्त गर्दै जनमत पार्टीका कार्यकर्ताहरूको भविष्यसँग खेलवाड गरेको आरोप लगाएका छन्। उनले पार्टीका सिद्धान्त र नीतिहरूलाई डा. राउतले बेवास्ता गरेको भन्दै तीव्र आलोचना गरेका छन्।

तर, रामनको हिन्दी भाषाको प्रयोग र कट्टर शैलीले नेपाली समाजमा मिश्रित प्रतिक्रिया निम्त्याएको छ। उनले हिन्दीलाई राष्ट्रिय एकताको भाषा माने पनि, नेपालको बहुभाषिक र बहुजातीय संरचनामा यसले सबैको प्रतिनिधित्व गरेको देखिँदैन।

यसका साथै, चीनविरुद्धको अडानलाई यथार्थपरक बनाउँदै, रामनले मधेशमा आत्मनिर्भरताको वकालत गरेका छन्। यो सन्देशलाई उनले मधेशको मौलिक पहिचान र भविष्यको सन्दर्भमा उठाएका प्रश्नहरूबाट बल पुगेको देखिन्छ।

डा. राउतको क्रियाकलापको आलोचना जायज देखिन्छ। चीनप्रतिको नजिकीयताले मधेशको राजनीति मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक स्थिरतामा गम्भीर चुनौती खडा गर्न सक्छ। रामनको यो अभिव्यक्ति नेपालको वर्तमान परिस्थितिमा एक महत्वपूर्ण बहसको आधार बन्न सक्छ।


जनमत अध्यक्ष डॉ. सी. के बाबू, लाल आतंकी, विस्तारवादी, चीनी रंग से रंग चुके...

कभी मधेश के युवाओं को बड़े ही तार्किक एवं प्रमाणिकता के साथ मधेश को नेपाल से अलग देश बनाने का विषय मजबूती से बताने वाले जनमत पार्टी के राष्ट्रीय अध्यक्ष डॉ. सि. के. राउत जी समय-समय पर छिपकली की तरह रंग बदलते रहे हैं।

पहली बार चीन के भ्रमण पर गए डॉ. सि. के. राउत जी लाल आतंकी, गैर-लोकतांत्रिक, एकतंत्री तानाशाही शासन वाली, हजारों एकड़ नेपाली भूमि कब्जा कर बैठी चीन से इतने प्रभावित हुए हैं कि वे कह रहे हैं, मधेश का विकास चीन के बिना संभव ही नहीं है और मधेश में चीनी भाषा तथा चीन में नेपाली भाषा के विकास एवं विस्तार का नेतृत्व अब मैं संभालूंगा।

वाह डॉ. सि. के. राउत साहब, आपने तो नेपाल के उन कम्युनिस्ट पार्टियों को भी पीछे छोड़ दिया जो बीजिंग में बारिश होने पर काठमांडू में छाता ओढ़ लेते हैं।

क्या दोष है जनमत पार्टी के उन निर्दोष साथियों, समर्थकों और शुभचिंतकों का, जिन्हें श्री राउत जी अपने व्यक्तिगत स्वार्थ की तुष्टि हेतु बलि चढ़ा रहे हैं।

साथ ही, बधाई भी माननीय डॉ. राउत जी को, जो अभी-अभी चीन के लाल रंगों से सराबोर होकर जनमत के हजारों कार्यकर्ताओं के भविष्य से खिलवाड़ और पार्टी की नीतियों एवं सिद्धांतों की धज्जियां उड़ाते हुए नए कलेवर के साथ चीनी अवतार में अवतरित हुए हैं।

जय बहुल राष्ट्रीयता... 🙏
जय मधेशी राष्ट्रीयता... 🙏
जय एकता भाषा हिंदी... 🙏
15/12/2024