काठमाडौंमा हालसम्मकै भीषण वर्षा: मृत्यु संख्या ९९ पुग्यो, ७२ बेपत्ता, उपत्यकामा २३९.७ मिलिमिटर पानीको नयाँ कीर्तिमान!

काठमाडौंमा हालसम्मकै भीषण वर्षा: मृत्यु संख्या ९९ पुग्यो, ७२ बेपत्ता, उपत्यकामा २३९.७ मिलिमिटर पानीको नयाँ कीर्तिमान!

अविरल वर्षापछि आएको बाढी, पहिरो, र डुबानले देशभर ठुलो जनधनको क्षति गरेको छ, जसले संघीय राजधानी काठमाडौंसहित धेरै क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाएको छ। मृत्यु हुनेको संख्या ९९ पुगेको छ भने ७२ जना अझै बेपत्ता छन्। पछिल्लो विवरण अनुसार १०० जना घाइते भएका छन्।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार, काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ। काठमाडौंमा २५, भक्तपुरमा पाँच, र ललितपुरमा १८ जनाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो।

पछिल्लो २४ घण्टामा बाढीपहिरो र डुबानले ९९ जनाको ज्यान लिएको छ, र २,८६० जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै बाढी र डुबानमा फसेका १,४५७ जनालाई उद्धार गरिएको छ।

त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ स्थित नौबिसेमा पहिरोले तीनवटा बस पुरिँदा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार मृतकहरूमध्ये आठ पुरुष, पाँच महिला, र एक बालक रहेका छन्।

सिन्धुली, मकवानपुर, र काभ्रेपलाञ्चोकमा उद्धार कार्य जारी छ। गृह मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार, नेपाली सेनाको हेलिकप्टरबाट मकवानपुरका ३३, सिन्धुलीका ३३, र काभ्रेपलाञ्चोकका दुई जनालाई उद्धार गरिएको छ। उद्धार कार्यमा थप तीव्रता ल्याउँदै प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राकृतिक विपत्ले सबैभन्दा ठूलो जनधन क्षति काठमाडौं उपत्यकामा

काठमाडौं उपत्यकामा सबैभन्दा बढी जनधनको क्षति भएको छ। यहाँ ४८ जनाको मृत्यु र २१ जना बेपत्ता भएको पुष्टि भएको छ। ललितपुरमा १८ जना, भक्तपुरमा पाँच जना, र काठमाडौंमा २५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा मापन गरिएको छ, जहाँ २८१.८ मिलिमिटर पानी परेको छ।

राजधानीमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो । पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिनुभयो । यसै गरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ । 

बिहानको पछिल्लो रिपोर्टले देखाएको छ:

  • मृत्यु संख्या: ९९
  • बेपत्ता: ७२
  • घाइते: १००

सरकारले उद्धार कार्यमा ठूलो संख्यामा सुरक्षाकर्मी र नेपाली सेनाको हेलिकप्टरसहित तदारुकताका साथ अघि बढाएको छ।

संम्बधित खबर