समाचार

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आईपुगे

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आईपुगे

भारतीय विदेशमन्त्री एस जयशंकरले आज जनवरी ४ मा नेपाल आईपुगेका छन्। भारतीय वायुसेनाको विशेष विमानद्वारा उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा अवतरण गरेका हुन्।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूतले स्वागत गरे।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

नेपाल आउने बित्तिकै उनले नेपालीमा ट्व्बिट गरे। उनले लेखेका छन्, 'नमस्ते काठमाडौं, सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु । आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु ।'

एस जयशंकर