प्रविधि

खतरनाक चिनियाँ लोन एप्सको पर्दाफास: ऋणको जालमा फस्दै आम जनता

खतरनाक चिनियाँ लोन एप्सको पर्दाफास: ऋणको जालमा फस्दै आम जनता

पछिल्लो समय भारत लगायत विश्वभर चिनियाँ लोन एपको दबदबा बढेको छ । उनीहरूले चर्को ब्याजदरमा साना साना ऋण दिन्छन् र रिकभरीका लागि मानिसहरूलाई आर्थिक र मानसिक रूपमा यातना दिइरहेका छन्।

एक रिपोर्टका अनुसार भारतमा यी एप्स प्रयोग गर्ने ८६.६७% मानिसहरूले कुनै न कुनै प्रकारको उत्पीडनको सामना गरेका छन्। यीमध्ये धेरैले चर्को ब्याजका साथै दोहोरो शुल्कहरू पनि तिर्नुपरेको छ । यति मात्र होइन, चीनले ७० वटा एपमार्फत मात्रै १४.३ करोड रुपैयाँभन्दा बढीको अवैध आम्दानी गरेको रिपोर्टमा उल्लेख छ । सरकारको प्रतिबन्धका बाबजुद पनि यी एप्सहरूले कालो व्यापार जारी राखेका छन् ।

यी एप्सले भारतबाहेक फिलिपिन्स, पाकिस्तान र अफ्रिकाका थुप्रै देशमा पनि मानिसहरूलाई लुटिरहेका छन् । प्रतिवेदनमा फिलिपिन्समा ८७.९७ प्रतिशत प्रयोगकर्ता उत्पीडनमा परेको र यी एप्सहरूका कारण त्यहाँ थुप्रैले आत्महत्यासमेत गरेको उल्लेख छ । पाकिस्तानमा पनि अवस्था निकै खराब छ, जहाँ मानिसहरु पहिले नै गम्भीर आर्थिक संकटसङग जुझिरहेका छ्न र अहिले यी एपहरुले उनीहरुलाई थप शोषण गरिरहेका छन् ।

प्रतिवेदनले यी एप्स विरुद्ध कडा कारबाही गर्न सुझाव दिएको छ। यसका साथै जनतालाई सचेत गराउन अभियान चलाउने पनि बताइएको छ ।

यदि तपाइँ पनि कुनै ऋण एप प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने, सावधान रहनुहोस्। कुनै पनि एपलाई विश्वास गर्नु अघि, निश्चित रूपमा जाँच गर्नुहोस्। साथै, सधैं सरकारी अनुमोदित ऋण एपहरू मात्र प्रयोग गर्नुहोस्।

चिनियाँ लोन एप