समाचार

गगन नेतृत्वको कांग्रेसलाई यथास्थितिमा मान्यता दिन सकिँदैन : निर्वाचन आयोग

गगन नेतृत्वको कांग्रेसलाई यथास्थितिमा मान्यता दिन सकिँदैन : निर्वाचन आयोग

काठमाडौं — निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा गठित नयाँ कार्यसमितिको वैधानिकतासम्बन्धी विषयमा औपचारिक लिखित जानकारी नआएसम्म कुनै निर्णय दिन नसकिने स्पष्ट पारेको छ। आयोगका सूचना अधिकारी तथा कम्प्युटर अधिकृत सुमन घिमिरेले २०८२ माघ १ गते बिहान १० बजे पत्रकारसँगको कुराकानीमा हालसम्म समिति दर्ता वा वैधानिकताको मागसहितको कुनै पत्र आयोगमा दर्ता नभएको जानकारी दिनुभएको हो।

सूचना अधिकारी घिमिरेले नयाँ कार्यसमितिलाई मान्यता दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आयोगमा औपचारिक पत्र प्राप्त हुनुपर्ने र सोही आधारमा छलफल हुने बताउनुभयो। उहाँले भन्नुभयो, "मान्यता हुन्छ कि हुँदैन भनेर आयोगलाई लिखित पत्र आउनुपर्‍यो, त्यो आएको छैन। त्यो नआएसम्म बिना छलफल हामी कसरी मान्यता दिने नदिने भन्न सक्दैनौं।"

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया पूरा नगरी सर्वसम्मतिको नाममा नयाँ कार्यसमिति घोषणा गरेको थियो। मतदान नभएको र प्रक्रिया मिचिएको भन्दै सो समितिको वैधानिकतामाथि सार्वजनिक प्रश्न उठिरहेको सन्दर्भमा आयोगले लिखित निवेदनको प्रतीक्षा गरिरहेको हो। यता, गगन थापा पक्षले भने आयोगमा आधिकारिक पत्र पठाउने तयारी गरेको बुझिएको छ।

अब सम्बन्धित पक्षबाट लिखित पत्र प्राप्त भएपछि आयोगमा हुने छलफलले नै यो नयाँ कार्यसमितिको कानुनी हैसियत र वैधानिकताको विषय टुंगो लगाउने देखिन्छ।


 

हेर्नुहोस् यो पनि, 

कांग्रेस विशेष महाधिवेशन: पदका लागि मारामार, गगनको ‘खल्ती’बाट सूची निस्किँदा आकांक्षीले मटन खाएर चित्त बुझाए


गगन थापाको निर्णयले Gen-Z लाई चोट: परिवर्तनको नाममा पुरानै राजनीति


ओली–देउवा पथकै नयाँ संस्करणमा गगन: “सर्वसम्मति”को आवरणमा लोकतन्त्रको निर्मम हत्या


गगन नेतृत्वको कांग्रेसलाई यथास्थितिमा मान्यता दिन सकिँदैन : निर्वाचन आयोग

सकिँदैन : निर्वाचन आयोग

गगन थापा