कला साहित्य

केकी अधिकारीको ‘इन्ट्री’: बालेनको गाडी विवादमा ‘गुट्खा किङ’ मालपानीको बचाउ

बालेन–मालपानी प्रकरण: नायिका केकी अधिकारीले किन गरिन् घुमाउरो समर्थन?

केकी अधिकारीको ‘इन्ट्री’: बालेनको गाडी विवादमा ‘गुट्खा किङ’ मालपानीको बचाउ

काठमाडौं — झापाको चुनावी सरगर्मीमा बालेन शाहले प्रयोग गरेको विलासी गाडी र त्यसका मालिक कमल मालपानी (श्रीराम टोब्याको) बीचको सम्बन्धले राजनीतिक वृत्त तातिरहेका बेला, अब यो विवादमा ग्ल्यामर क्षेत्रको पनि प्रवेश भएको छ। ‘गुट्खा किङ’ का रूपमा चिनिने उद्योगपति कमल मालपानीको व्यावसायिक साम्राज्यसँग जोडिएकी चर्चित नायिका केकी अधिकारीले घुमाउरो शैलीमा आफ्नो ‘ब्रान्ड’ र त्यसका प्रायोजकको बचाउ गरेकी छिन्।


‘स्टाटस’ को आवरणमा रणनीतिक प्रतिरक्षा

लामो समयदेखि कमल मालपानीका विभिन्न उत्पादनहरू (विशेषगरी करेन्ट चाउचाउ र स्न्याक्स) को ‘ब्रान्ड एम्बेसडर’ रहेकी केकीले सामाजिक सञ्जालमा सौरभ कार्कीको एक स्टाटस सेयर गर्दै यो विवादमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले सेयर गरेको उक्त स्टाटसमा बालेनमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास भएको उल्लेख त छ, तर त्यसको भित्री आसयले भने बालेन र मालपानीबीचको सम्बन्धलाई ‘सामान्य’ र ‘ऐतिहासिक नियमितता’ का रूपमा ब्याख्या गर्न खोजेको देखिन्छ।

उनले सेयर गरेको स्टाटसमा भनिएको छ:

"गाडीको श्रोत खोजियो भनेर रिसाउनुहुन्न । बालेनलाई पनि भ्रष्ट बन्न नदिनको लागि प्रश्न आवश्यक छ । भलै बालेन केही बोल्दैन । आजको बालेनको जस्तै क्रेज, ६२-६३ ताका प्रचन्डको थियो । ७२ ताका खड्गप्रसादको थियो । अहिले ८२ मा बालेन को क्रेज छ । यस्ता कुरा नौला होईनन । हाम्रो समाज नायक खोजिरहेको अभागी समाज हो । स्मरण रहोस, प्रत्येक दशकको नायक, खलनायक भएको ईतिहास छ हामीसँग । संसय जरूरी छ ।

-सौरभ कार्की "


नागरिक चासो कि व्यावसायिक बाध्यता?

प्रतीततः यो स्टाटस बालेनलाई सचेत गराउने खालको देखिए पनि, विश्लेषकहरूले यसलाई केकीको ‘व्यावसायिक धर्म’ निर्वाह गर्ने रणनीतिका रूपमा बुझेका छन्। मालपानीको कम्पनी ‘श्रीराम टोब्याको’ र उनका अन्य उत्पादनहरूको प्रचारमा वर्षौंदेखि अनुबन्धित केकीले, बालेन र मालपानीको ‘कनेक्सन’ लाई भ्रष्टाचार वा अनैतिक साँठगाँठ भन्दा पनि ‘समय चक्र’ र ‘क्रेज’ को विषय बनाएर विषयान्तर गर्न खोजेको आरोप लागेको छ।

विशेषगरी, मालपानीमाथि लाग्दै आएको कर छली, नक्कली भ्याट बिल र हालैको ‘सुपारी तस्करी’ को आरोपमा केकी मौन रहँदै आएकी थिइन्। तर, अहिले बालेनको गाडी प्रकरणमा मालपानीको नाम र तस्बिर छताछुल्ल भएपछि, उनले बालेनको ‘क्रेज’ र ‘इतिहास’ को कुरा कोट्याएर तत्कालको गम्भीर नैतिक प्रश्नलाई हल्का बनाउन खोजेको देखिन्छ।


पर्दा पछाडिको सम्बन्ध

कमल मालपानी, जसलाई नेपालको औद्योगिक क्षेत्रमा विवादास्पद छविका व्यापारी मानिन्छ, उनी र केकी अधिकारीबीचको व्यावसायिक सम्बन्ध पुरानो हो। मालपानीका उत्पादनहरूको बजार प्रवर्द्धनमा केकी मुख्य अनुहार हुन्।

त्यसैले, बालेन शाहले प्रयोग गरेको गाडी मालपानीको छोराको नाममा भेटिनु र त्यसको चौतर्फी आलोचना हुनुले अप्रत्यक्ष रूपमा केकीले प्रवर्द्धन गर्ने ‘ब्रान्ड’ माथि पनि धक्का पुगेको छ। यही ड्यामेज कन्ट्रोल (Damage Control) का लागि नायिका अधिकारीले ‘संसय जरुरी छ’ भन्दै विवादलाई दार्शनिक लेप लगाउन खोजेको बुझ्न सकिन्छ।

अन्त्यमा, बालेनको ‘नायकत्व’ र मालपानीको ‘व्यापार’ बीचको यो संदिग्ध सम्बन्धमा नायिकाको प्रवेशले एउटा अर्को प्रश्न जन्माएको छ— के यो विचार अभिव्यक्ति स्वतन्त्रता हो वा कर्पोरेट प्रायोजनको गुन तिर्ने प्रयास?

चुन्नु प्रसाद पौडेल कमल मालपानी