खैबर पख्तूनख्वा प्रान्तमा बढ्दो हिंसाको लहर

खैबर पख्तूनख्वा प्रान्तमा बढ्दो हिंसाको लहर

इस्लामाबाद: पाकिस्तानको खैबर पख्तूनख्वा (केपी) प्रान्त पुनः हिंसाको चपेटामा परेको छ। यहाँ पछिल्लो समय आक्रमण, आतंकवादविरुद्धको कारबाही र बढ्दो तनावका कारण जनजीवन अँध्यारोमा डुबेको छ।

पाकिस्तानको प्रमुख अंग्रेजी दैनिक डनका अनुसार, अक्टोबरको अन्तिम साता उत्तर वजीरिस्तानमा भएको आत्मघाती बम आक्रमणमा आठ जनाको मृत्यु भएको थियो, जसमा चार प्रहरी र दुई सुरक्षा कर्मी सामेल थिए। यसका केही दिनअघि दराजिन्डा चेकपोस्टमा भएको आक्रमणमा १० जना फ्रन्टियर कन्स्टेबलरीका सदस्य मारिएका थिए।

प्रतिबन्धित आतङ्कवादी समूह तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमणको जिम्मेवारी लिएको छ। यो आक्रमण हालै भएको आतंकवादविरोधी कारबाहीको प्रतिशोधमा गरिएको टीटीपीको भनाइ रहेको छ।

विगत दशकदेखि खैबर पख्तूनख्वा प्रान्त हिंसाका विभिन्न चक्र, विद्रोह र राजनीतिक अस्थिरताबाट गुज्रिएको छ। अफगानिस्तानसँगको खुला सिमाना र सामाजिक-राजनीतिक जटिलताले यहाँ अस्थिरता ल्याएको छ।

यस क्षेत्रमा पछिल्लो समयमा बढेको हिंसाले यहाँका बासिन्दाहरूलाई पुनः एकपटक त्रासमा राखेको छ।

संम्बधित खबर