जलवायु परिवर्तनका कारण पाकिस्तानको कृषि र खाद्य सुरक्षा संकटमा

जलवायु परिवर्तनका कारण पाकिस्तानको कृषि र खाद्य सुरक्षा संकटमा


जलवायु परिवर्तनका प्रकोपले पाकिस्तानको कृषि प्रणाली र खाद्य सुरक्षालाई गम्भीर जोखिममा पारेको छ। प्रमुख बालीनालीहरू मकै, गहुँ, कपास र चामलको उत्पादनमा कमी आएको छ। अत्यधिक गर्मी, लामो सुख्खा अवधि, तथा भीषण वर्षा र बाढीका कारण कृषि उत्पादन र उत्पादकत्वमा गिरावट आएको छ।

पाकिस्तान जलवायु परिवर्तनबाट बढी प्रभावित हुने शीर्ष १० देशमध्ये एक हो। सन् २००१ देखि २०१९ सम्म प्रत्येक वर्ष औसत ५०० जनाको मृत्यु र ३.२ अर्ब डलरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। ग्रामीण क्षेत्रमा पानीको अभाव र मौसम परिवर्तनले कृषकलाई थप समस्यामा पारेको छ।

इस्लामाबाद सरकारको कमजोरीले जलवायु अनुकूलन र यसको प्रभाव न्यूनीकरणका प्रयासहरू अपर्याप्त रहेका छन्। साथै, कमजोर शासन व्यवस्थाका कारण हरेक प्रकोपमा मात्र अस्थायी उपायहरू अपनाइन्छ। विशेषज्ञहरूले कृषि संकट समाधानका लागि ठोस कदम चाल्न इस्लामाबाद सरकारलाई आग्रह गरेका छन्।

संम्बधित खबर