समाचार

टँकेको नयाँ मोड: किसोर श्रेष्ठको 'ईमेल प्रकरण'मा समर्थन, जीबी राईबारे धमाकेदार खुलासा!

टँकेको नयाँ मोड: किसोर श्रेष्ठको 'ईमेल प्रकरण'मा समर्थन, जीबी राईबारे धमाकेदार खुलासा!

लोकप्रिय तथा विवादास्पद युटुबर टन्क दाहाल, जसलाई उनका समर्थकहरूले "टँके" भनेर चिन्छन्, पत्रकार किसोर श्रेष्ठको जनआस्थाले प्रकासन गरेको विवादास्पद ईमेललाई लिएर नयाँ अभिव्यक्ति दिएका छन्। पहिले ईमेललाई नक्कली भन्दै आलोचना गरेका दाहालले अहिले उक्त ईमेललाई वैध हुनसक्ने संकेत गरेका छन्।

दाहालले केही समयअघि पत्रकार किशोर श्रेष्ठको जनआस्थाले प्रकाशन गरेको ईमेलको वैधतामाथि प्रश्न उठाएका थिए। उनले माइक्रोसफ्टमा काम गरेको आफ्नो अनुभवको आधारमा उक्त ईमेललाई नक्कली ठहर गरेका थिए। उक्त ईमेलमा जीबी राईसँग जोडिएको सहकारी ठगी प्रकरणको आरोप समेटिएको थियो। तर, हालै दाहालले आफ्नो धारणा परिवर्तन गर्दै, यो ईमेल सम्भवतः असली हुनसक्ने सम्भावना औंल्याएका छन्।

"आज उनले भने कि यो सन्देश 'आचार्य थरको कसैले पठाएको हो' भन्ने छ। केही दिनपछि उनले भन्न सक्छन् कि 'यो पठाउने व्यक्ति जीबी राईसँग निकट छ।' अनि अन्तमा उनले भन्न सक्छन् कि 'जीबी राईले पठाउन भनेका हुन्।' र अन्ततः भन्न सक्छन् कि 'सन्देश पठाउने त जीबी राई नै रहेछन् किनभने जीबी राईले नै पठाउन भनेका थिए।'

यसले देखाउँछ कि कसरी सन्देशहरू गलत बुझाइ वा ढुलमुले आरोपहरूको शृंखलामा फस्न सक्छन्, जसले गर्दा वास्तविकता अलमलिन सक्छ। यो घटनाले कसैलाई 'निकट' बनाउने वा कुनै मुद्दामा संलग्न देखाउने ढंगले अस्पष्ट आरोपहरू थप्ने प्रवृत्ति झल्काउन सक्छ, जुन स्पष्ट वा ठोस आधार नभएको अवस्थामा पनि गरिन्छ।"

दाहालले एक हालैको फेसबुक पोस्टमा जीबी राईको नजिकका व्यक्तिसँग लगभग एक घण्टा लामो कुराकानी भएको खुलासा गरेका छन्। यस क्रममा उनले नेपाली कांग्रेस, एमाले, र रास्वपाजस्ता ठूला राजनीतिक दलहरू जीबी राईलाई लुकाउन संलग्न रहेको खुलासा गरेका छन्। उनले भदौमा नेपाल ल्याइएका राईलाई रातारात लुकाइएको बताउँदै, ईमेल क्याम्बोडियाबाट “आचार्य” थरका एक एमाले निकट व्यक्तिले पठाएको हुनसक्ने दाबी गरेका छन्, जुन जीबी राईले पठाएको नभएको उनले बताए।

यस प्रकारको बदलिँदो अभिव्यक्तिलाई कतिपयले दाहालको युट्युब रणनीति मात्र मानिरहेका छन् भने पत्रकारिता जगतका केहीले जनआस्थाको सूचना श्रोतमाथि प्रश्न उठाउनु नै बेवकुफी भएको बताइरहेका छन्। तथापि, दाहालले थप अनुसन्धानको प्रतिबद्धता व्यक्त गर्दै प्रमाणका लागि अडियो रेकर्डिङ र अन्य सबूत रहेको दाबी गरेका छन्। एक पत्रकारले टिप्पणी गर्दै भने, "उनले यदि सूचनासँग के गर्ने, कसरी सम्पादन गर्ने भन्ने सोच्न र बुझ्न सकेका छैनन् भने, पत्रकारिता छाडेर मनोरञ्जनात्मक भिडियो बनाउन सुरु गर्नु पर्छ। पत्रकारितामा उग्र भिडियो बनाउनु पत्रकारिता होइन।"

जिबी राई