मध्यराति चीनतिर अर्थमन्त्री, ऋण माफी र सीमा मिचिएको बिषयमा ठूलो छलफल!

मध्यराति चीनतिर अर्थमन्त्री, ऋण माफी र सीमा मिचिएको बिषयमा ठूलो छलफल!

नेपालका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनको औपचारिक भ्रमणमा जानुभएको छ। उहाँ गएराति १ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मार्फत काठमाडौंबाट चीनको ग्वाङझौ प्रस्थान गर्नुभएको हो। यो भ्रमण विश्व दिगो यातायात मञ्चमा सहभागिता जनाउने उद्देश्यका लागि भए पनि नेपालका लागि यो भ्रमण थप अर्थपूर्ण भएको छ।

अर्थ मन्त्रालयका अनुसार पौडेलसँगै भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईसहित चार जना सदस्य छन्। तर, यस भ्रमणको राजनीतिक महत्व उल्लेखनीय छ, विशेष गरी नेपालले चीनबाट लिएका ऋणहरूलाई अनुदानमा रूपान्तरण गर्न गरेको औपचारिक अनुरोधको पृष्ठभूमिमा यो भ्रमण हुन लागेको हो। नेपालका लागि चीनबाट लिएका ऋणहरू अहिले "ऋण जाल" का रूपमा चित्रित हुँदै आएका छन्, जसको भारले नेपाललाई आर्थिक दबाबमा राखेको छ। यसले गर्दा नेपालको आर्थिक स्थायित्वलाई बलियो बनाउन ऋणलाई अनुदानमा रूपान्तरण गर्न दबाब दिनुपर्ने अवस्था उत्पन्न भएको छ।

साथै, सीमा क्षेत्रमा चीनद्वारा गरिएको अतिक्रमणको विषय पनि नेपालका लागि संवेदनशील छ। लिमी र हुम्ला क्षेत्रमा चीनले सीमाना मिच्दै आएको खबरले नेपाल–चीन सम्बन्धमा तनाव उत्पन्न गरेको छ। पौडेलको भ्रमणले यस विषयमा पनि ठोस छलफल र समाधानको अपेक्षा गरिएको छ। नेपालले सीमा समस्या समाधानमा चीनसँग स्पष्ट र प्रभावकारी संवाद गर्ने अपेक्षा राख्दै यस भ्रमणलाई कूटनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।

पौडेलको यस भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ परिप्रेक्ष्य ल्याउने र आपसी विश्वासलाई थप सुदृढ गर्ने सम्भावना रहेको विश्लेषकहरूले अपेक्षा गरेका छन्।

संम्बधित खबर