'सत्ययुग ल्याउन जय साहलाई चाहियो पैसा, पत्रकार र विद्यार्थीहरू किन्ने योजना!'

'सत्ययुग ल्याउन जय साहलाई चाहियो पैसा, पत्रकार र विद्यार्थीहरू किन्ने योजना!'

लेखक जय साहले आफ्नो पूँजीवाद अन्त्य गर्ने अभियान कठिन भइरहेको बताएका छन्। नेपाल आजसँगको अन्तर्वार्तामा उनले भने, “पत्रकार र सञ्चारमाध्यमहरूको समर्थन बिना मेरो अभियान सफल हुन गाह्रो छ। अधिकांश सञ्चारमाध्यमहरू राजनीतिक दल र नेताहरूको प्रभावमा छन्, जसले मलाई सहयोग गर्न चाहँदैनन्।”

जय साहका अनुसार, सत्ययुग स्थापनाका लागि आर्थिक स्रोतको आवश्यकता छ। उनले भने, “सबैलाई पैसा चाहिन्छ। सत्ययुग स्थापनाका लागि पत्रकार र विद्यार्थीहरूलाई प्रभावित गर्न पैसा आवश्यक छ। यदि विद्यार्थीहरू आन्दोलनमा आए, भने यो राजनीतिक प्रणालीलाई बंगलादेश मोडेलमा प्रतिस्थापन गर्न सकिन्छ।”

पुस्तकको पृष्ठभूमि
जय साहका पुस्तकहरू नेपाललाई बिस्वगुरु बनाउन आर्थिक क्रान्ति र The Kalkiist Manifesto पूँजीवाद, साम्यवाद, र समाजवाद जस्ता परम्परागत आर्थिक प्रणालीहरूलाई चुनौती दिने कृतिहरू हुन्। यी पुस्तकहरूले नगदरहित र समतामूलक समाजको परिकल्पना गरेका छन्, जसले शिक्षा, स्वास्थ्य, र कानुनी सेवा सबैका लागि निःशुल्क बनाउने योजना प्रस्तुत गर्छ।

उनले आफ्नो पुस्तकमा नेपालको वर्तमान समस्याहरू, जस्तै भ्रष्टाचार, गरिबी, र असमानताको समाधानका लागि नगदरहित प्रणालीको आवश्यकता औंल्याएका छन्। यी पुस्तकहरूले वर्तमान राजनीतिक प्रणालीलाई सुधारेर सत्ययुगको स्थापना गर्न आर्थिक र सामाजिक परिकल्पना प्रस्तुत गरेका छन्।

भविष्यको योजना
जय साहले आफ्नो अभियानलाई प्रभावकारी बनाउन आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। “विद्यार्थीहरू आन्दोलनमा आउँदा यो राजनीतिक प्रणालीलाई बदल्न सहज हुनेछ,” उनले भने।

जय साहको यो भनाइ र योजना नेपाली समाजमा नयाँ बहसको विषय बनेको छ। उनका पुस्तक र अभियानले पूँजीवादको अन्त्य र सत्ययुग स्थापनाका लागि नयाँ दृष्टिकोण प्रदान गरेका छन्। अब समयले देखाउनेछ कि उनको अभियानले कस्तो प्रभाव पार्छ।

जय साहले आफ्नो भनाइ व्यंग्य र ठट्टाको रूपमा दिएका हुनसक्छन्, जसको उद्देश्य विद्यार्थी र पत्रकारहरूको ध्यानाकर्षण गराउँदै समर्थन प्राप्त गर्नु हुनसक्छ।

जय साह

संम्बधित खबर