काठमाडौंसहित ७.१ म्याग्निच्युडको भूकम्पले दक्षिण एसियामा कम्पन

आज बिहान ६:५० बजे ७.१ म्याग्निच्युडको भूकम्पले काठमाडौंसहित दक्षिण एसियाली देशहरूलाई हल्लाएको छ। चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाएको यो भूकम्पले नेपाल, भारत, भुटान, बंगलादेश, र चीनका केही भागहरूमा प्रभाव पारेको छ।
भूकम्पको केन्द्रबिन्दु शिगात्सेबाट ३५ किलोमिटर टाढा रहेको पुष्टि भएको छ। काठमाडौं र नेपालका अन्य भागहरूमा मध्यम कम्पन महसुस गरिएको छ, जसका कारण मानिसहरू डरले घरबाहिर निस्किएका छन्। भारतको बिहार र उत्तर प्रदेशका साथै भुटान र बंगलादेशका केही भागहरूमा पनि भूकम्पको असर परेको छ।
हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको भए पनि सम्बन्धित अधिकारीहरूले स्थिति मूल्याङ्कन गरिरहेका छन्। भूकम्पपछिका कम्पनहरूको सम्भावना रहेकाले सतर्क रहन र सुरक्षाका उपायहरू अपनाउन नागरिकहरूलाई आग्रह गरिएको छ।
थप विवरणहरू आउने क्रममा छन्।