कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना!

यस वर्षको मनसुन शुक्रबारदेखि नेपालको सम्पूर्ण भू–भागबाट समाप्त भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर कुनै प्रमुख मौसम प्रणाली सक्रिय छैन।
शनिबार कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली रहि केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी देशमा मौसम मुख्यतः सफा रहनेछ।