दुई टाउके कुकुर बनाउने सोभियत वैज्ञानिक
सन् १९५० को दशकमा सोभियत वैज्ञानिक डा. भ्लादिमिर देमिकभले विश्वलाई अचम्ममा पार्ने प्रयोग गरे — उनले दुई टाउके कुकुर निर्माण गरेका थिए।
डा. देमिकभले एक कुकुरको टाउको र अगाडिका खुट्टा काटी अर्को कुकुरको शरीरमा प्रत्यारोपण गरेका थिए। ती कुकुरमध्ये एकको जीवन २९ दिनसम्म टिकेको थियो।
उनको उद्देश्य नयाँ विकसित हुँदै गरेको चिकित्साशास्त्रको शाखा — प्रत्यारोपण शल्यक्रिया (transplant surgery) — सम्भव छ भन्ने प्रमाणित गर्नु थियो।
कार्डियोथोरासिक सर्जन इगोर कोन्स्टान्टिनोभले पत्रकार भिकी फार्नकोमसँग कुरा गर्दै भने, “यी तस्बिरहरू हेर्दा मनमा निकै कठिन भावना उत्पन्न हुन्छ।”
कार्यक्रममा गरिएको एउटा प्रयोगको विवरण सुन्दा केही श्रोताहरूलाई असहज लाग्न सक्ने चेतावनी दिइएको छ।