दराजको तिहार धमाका: ७०% छुट, १० हजारसम्मको भौचर र निःशुल्क डेलिभरी!

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले तिहारलाई लक्षित गर्दै “१०.१० तिहार महोत्सव” आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, महोत्सव अक्टोबर ९ (असोज २३) को राति ८ बजेबाट सुरु भई अक्टोबर १६ (असोज ३०) सम्म चल्नेछ।
दराजका अनुसार यस वर्षको महोत्सवले उपभोक्तालाई ७० प्रतिशतसम्म छुट, रु. १ लाखभन्दा बढीको खरिदमा रु. १० हजारसम्मको फ्ल्याट भौचर, र निःशुल्क होम डेलिभरीको सुविधा प्रदान गर्नेछ। कम्पनीले चाडपर्वको व्यस्त समयमा “कामपछि पनि किनमेल गर्ने सहज अवसर” उपलब्ध गराउने उद्देश्यका साथ यो सेल राति ८ बजेबाट सुरु गर्ने निर्णय गरेको जनाएको छ।
दराज नेपालका प्रवक्ता प्रारम्भ दाहालका अनुसार, “तिहारको तयारीलाई सहज, रमाइलो र किफायती बनाउन यस महोत्सवले उपभोक्तालाई अत्यधिक बचत र नयाँ अनुभव दिनेछ।” उनका अनुसार, महोत्सव अवधिभर दैनिक फ्ल्यास सेल, विशेष अफरहरू र बैंक साझेदारीमार्फत सीमित समयका मेगा डिलहरू पनि उपलब्ध हुनेछन्।
यस वर्षको महोत्सवका प्ल्याटिनम पार्टनर ब्रान्डहरू सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट दिनेछन् भने गोल्ड पार्टनर ब्रान्डहरू एईविबी, ब्रान्डहाउस र मारिकोले ६० प्रतिशतसम्मको बचत उपलब्ध गराउने बताइएको छ। दराजले आफ्ना ग्राहकलाई “दराजमल” ब्रान्ड गन्तव्यमार्फत १०० प्रतिशत असली उत्पादनको आश्वासन दिँदै, उत्पादन नक्कली भएको प्रमाणित भएमा तीन गुणा क्यासब्याक ग्यारेन्टीको व्यवस्था गरेको छ।
फेशनलाई केन्द्रमा राख्दै कम्पनीले बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता ब्रान्डहरूमा ५० प्रतिशत वा सोभन्दा बढी छुट दिने तयारी गरेको छ। त्यस्तै, न्यूनतम रु. ४९९ को खरिदमा चयनित उत्पादनहरूमा निःशुल्क डेलिभरीको सुविधा पनि निरन्तर रहनेछ।
दराजले २०१५ मा स्थापना भई दक्षिण एसियाका पाँच देश—पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा विस्तार गरेको जनाएको छ। कम्पनीले ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवा समेट्ने पूर्वाधारमार्फत दक्षिण एसियाली बजारमा प्रविधिमैत्री व्यापारिक वातावरण सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।
थप जानकारीका लागि दराज नेपालको वेबसाइट, फेसबुक पेज वा दराज एप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।