समाचार

ट्रम्प र बालेनको ‘Fuck डिप्लोमेसी’: असभ्य होइन, साँचोको भाषा!

ट्रम्प र बालेनको ‘Fuck डिप्लोमेसी’: असभ्य होइन, साँचोको भाषा!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा हालसम्म दुईपटक सार्वजनिक रूपमा “fuck” शब्द प्रयोग गरिसकेका छन् —
पहिलोचोटि २०२५ जुन २४ मा इस्रायल–इरान संघर्षको सन्दर्भमा पत्रकारसँग बोल्दै उनले भने, “They don’t know what the fuck they’re doing.”
दोस्रो पटक अक्टोबर १७ मा भेनेजुएलाको विषयमा बोल्दा उनले फेरि त्यही शब्द दोहोर्‍याए।

“Fuck” शब्द अंग्रेजीमा तीव्र रिस, असहमति वा असन्तोष प्रकट गर्न प्रयोग हुने गाली हो — जसको नेपाली अर्थ प्रसङ्गअनुसार “धत्त!”, “लाज लाग्ने कुरा!”, वा “अब धेरै भयो!” जस्ता भावमा बुझिन्छ।

ट्रम्पको यो खुला भाषिक बिस्फोट र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को पछिल्लो स्टाटसबीच समानता छ — दुवैले संयमित औपचारिक भाषाभन्दा बढी सिधा, स्पष्ट र सत्यवादी भएर बोल्ने साहस देखाएका छन्।

बालेनको बोली राजनीतिक सभ्यताको परिभाषाभन्दा बाहिर लाग्न सक्छ, तर उनी जनताको निराशा, बेथिति र व्यवस्थाप्रतिको असन्तोषलाई नङ्गो सत्यको रूपमा प्रस्तुत गर्छन्।
उनको शब्दहरू विवादित होइनन्, सचेत प्रतिरोधको स्वर हुन् — जुन प्रणाली सुधार्न चाहनेहरूले मात्रै बुझ्छन्।

बालेन्द्र शाह