सातै मुख्यमन्त्री — संघ–प्रदेश सहकार्यका लागि बालुवाटारमा विशेष बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपरान्ह ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको विशेष बैठक बस्दैछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीय संरचनापछि उत्पन्न समसामयिक चुनौती र संघ–प्रदेशबीचको सहकार्यलाई सुदृढ बनाउनका लागि बैठक आह्वान गरिएको हो। प्रधानमन्त्री कार्कीकी प्रेस संयोजक रामबहादुर रावलका अनुसार संवादलाई थप सघन र परिणाममुखी बनाउन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आमन्त्रण गरेकी हुन्।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी हुनेछन्।
बैठकमा संघीय नीति कार्यान्वयन, बजेट साझेदारी, विकास आयोजनाको प्राथमिकता र प्रदेशहरूबीचको सहकार्यका विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।