समाचार

संसदमा आज ठूलै हलचल ल्याउदै प्रधानमन्त्रि ओली, भ्रष्टाचार निवारण विधेयक र व्यापार नियमन कानुनमाथि छलफल

संसदमा आज ठूलै हलचल ल्याउदै प्रधानमन्त्रि ओली, भ्रष्टाचार निवारण विधेयक र व्यापार नियमन कानुनमाथि छलफल

प्रतिनिधि सभाको बैठक आज दिउँसो ११ बजे बस्दैछ, जहाँ महत्वपूर्ण विधेयकहरू छलफल र पारित हुने कार्यसूचीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित "भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७" माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, "भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१" लाई पारित गर्नेसम्बन्धी प्रस्ताव पनि संसद्मा पेश हुनेछ।

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले "निकासी पैठारी (नियमन) विधेयक, २०८१" प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक संसद्मा टेबुल गर्ने कार्यसूची रहेको छ। यी विधेयकहरूमाथि संसदमा कस्तो बहस हुनेछ भन्ने चासो बढेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली