गृहमन्त्रीको लाजजनक रवैया, सांसद शिशिर खनालले उठाए गम्भीर प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमा गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधि सभामा बोल्दै, उनले ड्युटीमा रहेका प्रहरीमाथि शारीरिक आक्रमण गर्ने अनेराश्ववियुका विद्यार्थीहरूसँग सरकारको सुस्त रवैयाको आलोचना गरे।
खनालले भने, "क्याम्पसमा नेविसंघका विद्यार्थीहरूले गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापकलाई धम्क्याउँछन्, तर जब यस्ता विद्यार्थीलाई प्रहरीले अनुसन्धान गर्न जान्दैन, त्यसको बिरूद्ध कसैले आवाज उठाउँछ त?" उनले गृहमन्त्री र पुलिसको लाचारीलाई कडा शब्दमा आलोचना गर्दै भने, "गृहमन्त्रीले आफूलाई आदेश दिने प्रहरीलाई सुरक्षा दिन नसक्दा नेपाली युवा के कुरा गरेर यहाँ बस्ने?"
उनले गृहमन्त्रीको प्रशासनिक असक्षमता र नैतिकतामा कडा प्रश्न उठाउँदै थप भने, "प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले आफ्नो कुर्सीमा बसेर के देशको रक्षा गर्ने?"
खनालको यस विवादास्पद वक्तव्यले गृहमन्त्रीको कार्यशैलीमाथि गहिरो सवाल खडा गरेको छ, जसले सरकारको आन्तरिक असमर्थतामा प्रकाश पारेको छ।
गृहमन्त्री रमेश लेखक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल