"ट्रम्पको डिक्टेटरशाही हमला! ह्वाइट हाउसबाट AP न्यूज एजेन्सीलाई लखेटियो"

प्रेस स्वतन्त्रतामै हमला! ट्रम्पको आदेशले अमेरिका अप्ठेरोमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख समाचार एजेन्सी एसोसिएटेड प्रेस (AP) लाई ह्वाइट हाउसमा समाचार संकलन गर्न रोक लगाएका छन्। प्रेस स्वतन्त्रताको ध्वजवाहक मानिने अमेरिकामै राष्ट्रपतिले पत्रकारितामाथि प्रतिबन्ध लगाएपछि यस कदमको चौतर्फी आलोचना भइरहेको छ।
ट्रम्पको पुरानो शैली : प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप
यो पहिलो पटक होइन, ट्रम्प यसअघि पनि पत्रकारितामाथि कडा नियन्त्रण राख्ने प्रयास गरिसकेका छन्। पहिलो कार्यकालमा उनले CNN का पत्रकार जिम एकोष्टा को प्रेस पास खारेज गराएका थिए, जुन अदालतले पछि उल्टाएर पुनर्स्थापित गरिदिएको थियो।
AP का पत्रकारमाथि रोक, गल्तीको सजाय?
ट्रम्पले हिजो ह्वाइट हाउसमा "गल्फ अफ अमेरिका" सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दा AP का पत्रकारहरूलाई उपस्थित हुन नदिएको बताइएको छ। एजेन्सीले "गल्फ अफ अमेरिका" लाई पुरानै सन्दर्भमा उल्लेख गरेपछि ट्रम्प रिसाएका थिए र यसको परिणामस्वरूप ह्वाइट हाउसबाट प्रतिबन्ध लगाइएको अनुमान गरिएको छ।
प्रेस स्वतन्त्रतामै धक्का?
ट्रम्पको यो कदमले पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने यस्तो निर्णयले अमेरिकाको लोकतान्त्रिक मूल्यहरूलाई नै चुनौती दिएको विश्लेषकहरू बताइरहेका छन्। अब ह्वाइट हाउसको यो कदमविरुद्ध कानुनी चुनौती आउन सक्छ भन्ने आँकलन गरिएको छ।