समाचार

गृह मन्त्रालयको कडा निर्देशन: दोषी उम्कन पाउने छैनन्

गृह मन्त्रालयको कडा निर्देशन: दोषी उम्कन पाउने छैनन्

काठमाडौं । पछिल्लो समय सुरक्षाकर्मीमाथि बढ्दै गएको आक्रमण र दुर्व्यवहारप्रति गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यानाकर्षण जनाउँदै कडा निर्देशन दिएका छन्। आज बिहान गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले घटनाका दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन आदेश दिए।

हालै देशका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि कुटपिट तथा दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन्। यसले शान्ति सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै मन्त्री लेखकले प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिएका छन्।

"समाजमा अमन चयन भङ्ग गर्ने, प्रहरीमाथि आक्रमण गर्ने जो कोही भए पनि कानुनी दायरामा ल्याइनेछ। कसैलाई उन्मुक्ति दिइने छैन," मन्त्री लेखकले भने। उनले शान्ति सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै अपराधी जोगिन नपाउने गरी छानबिन अघि बढाउन आग्रह गरे।

गृहमन्त्री रमेश लेखक गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर