नेपालको राष्ट्रगान भारतले बनाइदिएको? फणीन्द्र नेपालको सनसनीपूर्ण खुलासा!
काठमाडौं— ग्रेटर नेपाल राष्ट्रियवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको हालको राष्ट्रगान भारतले बनाइदिएको आरोप लगाएका छन्। नेपाल आजाका संस्थापक तथा डी-क्लासिफाइड कार्यक्रमका सञ्चालक माधव गुरागाईंसँग विशेष अन्तर्वार्तामा उनले नेपालको राष्ट्रगान नेपाली पहिचानलाई कमजोर पार्ने रणनीतिक निर्णयअन्तर्गत ल्याइएको दाबी गरे। उनका अनुसार, सयौं फूलका थुंगा राष्ट्रिय भावना बोकेको छैन र नेपालका ऐतिहासिक संघर्ष, वीरता र पहिचानलाई समेट्न असफल छ।
उनले नेपालका हराएका भूभाग फिर्ता ल्याउनुपर्नेमा जोड दिँदै चीनद्वारा कब्जा गरिएका नेपाली भूमि पनि ग्रेटर नेपालको नक्सामा समावेश गरिनेघोषणा गरे। नेपाललाई कमजोर बनाउने रणनीतिहरूको आलोचना गर्दै उनले भने, “हामीले आफ्नै इतिहासलाई भुल्ने होइन, सही ढंगले पुनःस्थापना गर्नुपर्छ। चीनद्वारा कब्जा गरिएका भूमि फिर्ता ल्याउन हामी प्रतिवद्ध छौं।”
फणीन्द्र नेपालले ग्रेटर नेपालको सम्भावनाबारे अर्को सनसनीपूर्ण अभिव्यक्ति दिए। उनका अनुसार, यदि ग्रेटर नेपाल पुनःस्थापना भयो भने, बिहारका नागरिकहरू पनि नेपालका प्रधानमन्त्री बन्न सक्छन्। उनले भने, “यदि हाम्रो गुमेको भूभाग फिर्ता भयो भने, बिहार नेपालकै हिस्सा हुनेछ। त्यहाँका नागरिकहरू नेपालको भाग भएका कारण लालु प्रसाद यादव पनि नेपालका प्रधानमन्त्री बन्न सक्नेछन्।”
उनले इतिहासमा भएका सम्झौताहरू र नेपालले हराएको भूभागबारे खुलासा गर्दै भने, महात्मा गान्धीले नेपाललाई फिर्ता गर्न तयार रहेको भूमि नेपाल आफैंले लिन सकेन। उनले भने, “गान्धीले भनेका थिए, ‘तपाईंहरू आफ्नो भूमि फिर्ता लिन सक्नुहुन्छ, तर त्यहाँ बस्ने नेपालीहरूले ब्रिटिशविरुद्ध लडाइँ लडेका थिए।'” त्यसबेला नेपाल सरकारले ती नेपालीहरूले बिद्रोह गर्ने र राणा शासनको पतन हुने डरले त्यो भूमि फिर्ता लिन चाहेन।
फणीन्द्र नेपालले भारत र चीनसँग जोडिएका विवादित सिमाना, इतिहासमा लुकाइएका सत्यहरू, राष्ट्रगानको वास्तविकता, र ग्रेटर नेपालको सम्भावनाबारे विस्तृत छलफल गरेका छन्।
👉 पूरा अन्तर्वार्ता नेपाल आजाको YouTube च्यानलमा हेर्न सक्नुहुन्छ!
नेपालको इतिहास, भूगोल, र राष्ट्रियताको विषयमा यो चाखलाग्दो तथा विवादास्पद अन्तर्वार्ता नछुटाउनुहोस्!