शिक्षक महासंघको कडा कदम: दलका कार्यालयमा धर्ना, शिक्षा ऐनको लागि आन्दोलनको दोस्रो चरण सुरु

शिक्षक महासंघको कडा कदम: दलका कार्यालयमा धर्ना, शिक्षा ऐनको लागि आन्दोलनको दोस्रो चरण सुरु

काठमाडौं ।  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र लागू गर्नको लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघका अनुसार, यस आन्दोलनको उद्देश्य शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन गर्ने नयाँ ऐनको आवश्यकता हो।

पहिलो चरणको आन्दोलनपछि सरकारले शिक्षकका मागलाई बेवास्ता गरेको भन्दै महासंघले अब दलका कार्यालयहरूमा धर्ना दिने घोषणा गरेको हो। महासंघले फागुन २७ देखि चैत ५ गतेसम्म विभिन्न दलका कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

धर्ना दिने कार्यक्रमको तालिका यस प्रकार रहेको छ:

  • फागुन २७: नेपाली कांग्रेस
  • फागुन २८: नेकपा एमाले
  • चैत १: नेकपा माओवादी केन्द्र
  • चैत २: नेकपा (एकीकृत समाजवादी)
  • चैत ३: राष्ट्रिय स्वतन्त्र पार्टी
  • चैत ४: जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा
  • चैत ५: जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)

साथै, महासंघले सांसदहरूसँग भेटघाट गर्दै शिक्षा ऐनको पक्षमा दबाब निर्माण गर्ने योजना पनि बनाएको छ। यदि यसबाट सरकारले अझै सकारात्मक कदम नचालेको खण्डमा, महासंघले चैत ७ देखि १५ गतेसम्म रिले अनसन बस्ने चेतावनी पनि दिएको छ।

शिक्षक महासंघको यस आन्दोलनले आगामी दिनहरूमा राजनीतिक दल र सरकारसँगको संवादको नयाँ मोड ल्याउने संभावना छ।

संम्बधित खबर