समाचार

नेपालमा राजसंस्था असम्भव

नेपालमा राजसंस्था असम्भव

धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय लगानीमार्फत नेपालमा राजसंस्था फर्कने सम्भावना अस्वीकार गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रको स्वागत समारोहमा भारतीय नेता योगी आदित्यनाथको तस्वीर देखिएको विषयमा प्रतिक्रिया दिँदै देउवाले भने, "कसैले उचाल्दैमा कोही उचालिनु आवश्यक छैन। असम्भव कुरै नगरौँ।"

भारतले आफूलाई निम्तो नदिएको र पूर्वराजालाई भारतले उचालेको चर्चा चलेपछि देउवाले ती दाबी अस्वीकार गरेका हुन्। साथै, उनले "हिजो काठमाडौंमा कुनै विशेष कार्यक्रम नभएको" बताउँदै पूर्वराजालाई व्यंग्य गरेका छन्।

शेरबहादुर देउवा