राजनीति

राजावादीलाई प्रचण्डको चेतावनी: ‘मूर्ति चोर र सुन तस्करले देश चलाउने सपना नदेखोस्’

राजावादीलाई प्रचण्डको चेतावनी: ‘मूर्ति चोर र सुन तस्करले देश चलाउने सपना नदेखोस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूलाई कडा चेतावनी दिएका छन्। शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटन गर्दै उनले ‘इँटको जवाफ पत्थरले दिने’ बताएका छन्।

उनले पछिल्लो समय राजावादीहरू उग्र गतिविधिमा उत्रिएको भन्दै इतिहासका बलिदानहरू कुनै ‘नौटंकी’ बाट उल्टिन नसक्ने दोहोर्‍याए। ‘१०-१५ हजार मान्छे उफार्दैमा लोकतन्त्र फिर्ता हुँदैन। तर दुस्साहस भएको छ,’ उनले भने।

प्रचण्डले चैत १५ गते काठमाडौँमा ठुलो प्रदर्शन आयोजना गर्न लागेको घोषणा गर्दै सबैलाई सहभागी हुन आह्वान गरे। ‘परदेशीको केही फोटो टाँसेर राजतन्त्र फर्किन्छ भन्ने दिवास्वप्न देख्न छाड,’ उनले भने।

पूर्वराजाको पछिल्लो गतिविधिप्रति कटाक्ष गर्दै उनले भने, ‘मूर्ति चोर को हुन्? नेपाली इतिहासकै ठूला मूर्ति चोर राजा बनेका छन्! भाइमारा को हो? आफ्नै वंश मास्नेले फेरि धाक लगाउन मिल्छ?’

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न खोजेको स्मरण गर्दै भने, ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई जेल हाल्ने थिएँ!’