कल्किजम रिसर्च सेन्टरको अभियान : ‘कल्कि केयर क्लिनिक’ स्थापना हुँदै

कल्किजम रिसर्च सेन्टरको अभियान : ‘कल्कि केयर क्लिनिक’ स्थापना हुँदै

काठमाडौं- नेपालमा वर्षेनि दोहोरिने हिंसा, हत्या तथा गलत औषधि प्रयोगका कारण हुने मृत्यु न्यूनीकरण गर्न तत्काल प्रभावकारी उपाय आवश्यक रहेको कल्किजम रिसर्च सेन्टरका संस्थापक जय शाहले बताएका छन्।

सरकारले प्रभावकारी नीति नल्याए अवस्था भयावह बन्ने चेतावनी

शनिबार कुलेश्वर आवास परिवार कल्याण संस्थाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले समाजमा व्याप्त अपराध, घरेलु हिंसा तथा स्वास्थ्य क्षेत्रका लापरवाहीले हजारौँ निर्दोष मानिसको ज्यान जाने स्थिति सिर्जना भएको भन्दै सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने धारणा राखे।

कल्किजम रिसर्च सेन्टरको अभियान : ‘कल्कि केयर क्लिनिक’ स्थापना हुँदै

कार्यक्रममा शाहले आफ्नो संस्था कल्किजम रिसर्च सेन्टरको उद्देश्य र कार्ययोजनाबारे जानकारी गराउँदै नेपालमा बढ्दो हिंसा, हत्या तथा गलत औषधिको दुरुपयोगबाट हुने मृत्युलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रम अघि बढाइएको बताए। उनले अबको केही महिनाभित्रै ‘कल्कि केयर क्लिनिक’ स्थापना गरिने जानकारी दिए, जसले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

"प्रधानमन्त्री बन्ने मौका दिए पनि स्वीकार्दिन" : जय शाह

शाहले आफू कुनै पनि राजनीतिक पद प्राप्त गर्न नभई नेपाललाई ‘विश्वगुरु’ बनाउने उद्देश्यले आएको स्पष्ट पार्दै भने, "म नेपालमा राजनीति गर्न आएको होइन। यदि मलाई व्यक्तिगत जीवन मात्र चाहिएको भए, म अमेरिकामा प्रधानमन्त्रीभन्दा पनि गुणस्तरीय जीवन बाँच्न सक्छु। तर, म नेपाललाई परिवर्तन गर्न आएको हुँ।"

भ्रष्टाचारविरुद्धको ‘स्मार्ट करेन्सी’ योजना

नेपालमा भ्रष्टाचार गहिरोसँग जरा गाडेर बसेको आरोप लगाउँदै शाहले ‘स्मार्ट करेन्सी’ अवधारणाले आर्थिक कारोबारलाई पारदर्शी बनाउन सक्ने दाबी गरे। उनले भने, "यदि ‘स्मार्ट करेन्सी’ लागू गरियो भने भ्रष्टाचारको कुनै ठाउँ नै रहने छैन। तर, यसले केही शक्तिशाली व्यक्तिहरूलाई असर गर्ने भएकाले यसको पक्षमा आवाज उठाइँदैन।"

समाज परिवर्तनका लागि नागरिक सचेतना र सरकारी प्रतिबद्धता आवश्यक

शाहले नागरिक सचेतना, सरकारी निकायको प्रतिबद्धता तथा सामाजिक सहकार्यमार्फत मात्र यस्ता समस्याहरूको स्थायी समाधान सम्भव हुने बताए। उनका अनुसार, समाजलाई सुरक्षित र समृद्ध बनाउने जिम्मेवारी हरेक नागरिकको हो, र यदि आज कदम नचालिए भविष्य अझ भयावह बन्न सक्छ।

संम्बधित खबर