पूर्वराजा ज्ञानेन्द्रको काठमाडौं आगमन : विमानस्थलमा भव्य स्वागत, समर्थकको ठूलो भीड

पूर्वराजा ज्ञानेन्द्रको काठमाडौं आगमन : विमानस्थलमा भव्य स्वागत, समर्थकको ठूलो भीड

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। विमानस्थलको मुख्यद्वारमा उनको भव्य स्वागत गर्न समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो।

विमानस्थलबाट बाहिरिने क्रममा, पूर्वराजा ज्ञानेन्द्रले स्वागतमा उभिएका समर्थकहरूलाई हात हल्लाउँदै अभिवादन गरे।

पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लगायतका प्रमुख नेताहरू विमानस्थलमा उपस्थित थिए। ज्ञानेन्द्र शाहको स्वागतमा उपस्थित समर्थकहरूको जोश र उत्साहले विमानस्थलमा एक खास माहौल बनाएको थियो।

संम्बधित खबर