राजावादीहरूको पुनरागमनले देशको राजनीतिक माहौल ततायो, प्रधानमन्त्री र राष्ट्रपतिको आकस्मिक भेट

राजावादीहरूको पुनरागमनले देशको राजनीतिक माहौल ततायो, प्रधानमन्त्री र राष्ट्रपतिको आकस्मिक भेट

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको प्रजातन्त्र दिवसको अभिव्यक्ति र त्यसपछि राजावादीहरूको सक्रियताले नेपाली राजनीतिमा हलचल मचाएको छ। विभिन्न दलहरूका नेताहरू राजावादी गतिविधिहरूसँग भिड्नका लागि चिन्तित भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजालाई चेतावनी दिँदै सक्रिय राजनीतिमा उत्रन चुनौती दिएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने राजतन्त्रको पुन:स्थापना गर्ने दृषटिकोनबाट सक्रिय भएका छन्। उनले पोखरामा राजतन्त्रको पक्षमा सभा गरेका थिए र केही दिन अघि काठमाडौंमा मोटरसाइकल ¥याली पनि आयोजना गरेका थिए।

राजावादीहरूको अचानक सक्रियता देखेर सरकार अलर्ट भएको छ। यस बीचमा, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार साँझ शीतल निवासमा मुलुकको समसामयिक विषयमा छलफल भएको छ। राजावादीहरूको सक्रियता बढेको सन्दर्भमा यो भेटवार्ता भएको जनाइएको छ।

माओवादी पार्टीले पनि राजावादीहरूको सक्रियतासँग सम्हाल्नका लागि आफ्नो जनतासँगको जागरण अभियान रोक्ने निर्णय गरेको छ। पार्टीले बैठक पनि डाकेको छ र अबको रणनीति तय गर्ने तयारीमा छ। राजावादीहरूको गतिविधिले नेपाली राजनीति तातेको छ र सरकार र पार्टीहरू त्यसलाई ध्यानमा राखेर योजना बनाउँदैछन्।

संम्बधित खबर