समाचार

रक स्टार मेयरको फ्लप शो: सोझा धरानबासीलाई उचालेर देखाएको तमासा

रक स्टार मेयरको फ्लप शो: सोझा धरानबासीलाई उचालेर देखाएको तमासा

✍︎ घनश्याम त्रिपाठी, नेपाल आज 
उपरोक्त चित्रहरू केवल प्रतिनिधि तस्वीरहरू मात्र हुन्।


धरान — धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई, जसलाई हर्क साम्पाङको नामले चिनिन्छ, सामाजिक सञ्जालमा चर्चित ‘रक स्टार मेयर’ हुन। तर उनको चम्किलो व्यक्तित्व पछाडि प्रशासनिक दुराचार, भ्रष्टाचार र जनतालाई धोका दिने श्रृंखला देखिन्छ। उनी विकासको नाममा नभई आफ्नो नाटक, भाषण र स्टन्ट प्रदर्शनका कारण चर्चामा छन्। यो धु्रव सत्य हो कि उनले धरानलाई आर्थिक, सामाजिक र प्रशासनिक संकटमा फसाएको छ।

उपप्रमुख ऐन्द्र विक्रम बेघाले नगर प्रमुख साम्पाङमाथि श्रमदानको नाममा गैरकानुनी फाइल निर्माण गरी बजेट दुरुपयोग गरेको आरोप लगाएका छन्। धरान–१६ मा बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा संलग्न श्रमदाताको नाममा उनले आफैले फाइल खडा गरी कागजी खेल खेलेको बेघालेले बताए। नगर प्रमुखको हस्ताक्षर भएको फाइलमा सरकारी प्रक्रिया र नियम उल्लंघन गरिएको खुलेको छ। बेघालेले भने, ‘नगर प्रमुखले कानुनी रुपमा भ्रष्ट्राचार गरेका छन्, र आफ्ना सहकर्मीलाई दबाबमा राखेर आफूलाई फाइदा पुर्याएका छन्।’

यसैगरी वडा–१६ का वडाध्यक्ष मुरारी भट्टराईले मेयर साम्पाङलाई कानुन बमोजिम नभएर आफै उपभोक्ता समिति गठन गरेको आरोप लगाएका छन्। उनले भने, ‘नगर प्रमुखले स्थानीय सरोकारवालाको सहभागिता नदिई आफू निकटका मान्छेलाई समिति अध्यक्ष बनाएका छन्, जसले समुदायको हितलाई बेवास्ता गरेको छ।’

नगरपालिकामा चलिरहेको द्वन्द्व पछिल्लो दिनहरूमा झन् विकराल बनेको छ। उपप्रमुख बेघालाई मेयरका समर्थकहरूले हातपात गर्न खोजेका छन् भने माओवादी कार्यकर्ताबीच झडपसम्म भएको छ। धरानको प्रशासन अहिले चरम अस्थिरताको दौरमा छ।

मेयर साम्पाङले विकास योजनाहरूमा पनि अनुचित हस्तक्षेप गरेका पाइन्छन्। खानेपानी आयोजनामा संकलित ७ करोड रुपैयाँभन्दा बढी रकममा अनियमितता देखिएको छ। ‘श्रमदान’ भनेर संकलन गरिएको रकममा पारदर्शिता नहुँदा जनताको विश्वासमा ठूलो धक्का पुगेको छ। उनलाई २ लाख रुपैयाँ आफ्नो घरअगाडि सिमलको रुख रोप्न नगरकोष खर्च गरेको, २ लाख ३५ हजार रुपैयाँको ड्रोन खरिद गरी प्रयोगबारे खुलासा नगरेको पनि प्रश्न उठेको छ।

सबैभन्दा विवादास्पद घटना भनेको ‘स्थानिय सरकार’ लेखिएको बोर्डको मर्मत नगरिनु हो। मेयरले एक साँझ बियर पिउँदै ‘स्थानिय सरकार’ थपेर राजनीतिक ब्रान्डिङ गरेको थियो। तर त्यो बोर्ड २०७८ देखि तोडिएको छ र अहिलेसम्म मर्मत नगरिएको छ। स्थानीय जनताको धैर्य परीक्षा दिँदै, उनले यसलाई चुनावी मुद्दा बनाउने रणनीति अपनाएका छन्। जनताले प्रश्न गर्छन्, ‘यो नेता विकास गर्छ या आफ्नो प्रचार?’

धरानका जनताले मेयर साम्पाङलाई विकासको प्रतिनिधि नभई ‘स्टन्ट कलाकार’का रूपमा देख्न थालेका छन्। उनको कला गितार र भाषणमा सीमित छ, जबकी धरानका गम्भीर समस्या यथावत छन्—खानेपानी अभाव, योजना अवरुद्ध, प्रशासनिक दमन र भ्रष्टाचार।

यस्तो देखिन्छ कि धरान मेयरले आफ्ना शब्द र नाटकले जनता उचालेर मात्र देखाएका छन्, तर वास्तविकतामा शहरलाई अन्धकारतर्फ धकेलिरहेका छन्। अब ‘रक स्टार मेयर’ को शो सकियो भनेर जनताले आफूलाई धोका दिन तयार छैनन्। धरानको जनता चाहन्छन—गितारभन्दा बढी काम देखोस्, स्टन्टभन्दा बढी विकास होस्।
 


मेयर हर्क राज राईको बारे थप पड्न यहाँ क्लिक गर्नुहोस 

हर्क साम्पाङ