समाचार

अनामनगरबाट बेपत्ता ५५ वर्षीय शिक्षक जगत कुँवर अझै फेला छैनन्

अनामनगरबाट बेपत्ता ५५ वर्षीय शिक्षक जगत कुँवर अझै फेला छैनन्

अनामनगरमा बस्ने ५५ वर्षीय शिक्षक जगत कुँवर १८ असार बिहान मोर्निङ वाक जानु भएपछि अहिलेसम्म घर फर्कनुभएको छैन। उहाँको परिवारले हराइरहेको उजुरी प्रहरीमा दिए पनि, प्रहरीले राम्रोसँग खोजेको छैन भनेर गुनासो गरेका छन्।

अन्तिम पटक उहाँलाई ०१ जुलाई दिउँसो १ बजे मुगलिनबाट चितवनतर्फ १ किलोमिटर अघि देखिएको थाहा भएको छ। त्यसपछि उहाँको कुनै खबर आएको छैन। परिवारले अस्पताल, प्रहरी चौकी र अन्य ठाउँमा पनि खोजी गरेका छन्, तर अहिलेसम्म पत्ता लागेको छैन।

उहाँका छोराले भनेका छन्, “प्रहरीले भिडियो हेर्ने वा खोजीमा ध्यान दिएका छैनन्।” परिवारले सबैलाई सहयोग गर्न अपिल गरेका छन्। यदि कसैले उहाँलाई देख्नुभयो भने ९८५८०५५३३०, ९८४१५१३५७३ वा ९८६८५२०८७४ मा खबर गर्न भनिएको छ।

परिवार र समाजले प्रहरीले अझ गम्भीर भएर खोजी गर्नुपर्ने माग गरेका छन्।

जगतबहादुर कुँवर