भारत, ग्रीस, साइप्रस र आर्मेनियाबीच कूटनीतिक समीकरण: वैकल्पिक पश्चिम एशियाली ‘क्वाड’ को संकेत

 भारत, ग्रीस, साइप्रस र आर्मेनियाबीच कूटनीतिक समीकरण: वैकल्पिक पश्चिम एशियाली ‘क्वाड’ को संकेत

भारतले हालै ग्रीस, साइप्रस र आर्मेनियासँगको सम्बन्धलाई नयाँ ढंगले विस्तार गर्दै पश्चिम एशियाली क्षेत्रको कूटनीतिक संरचनामा नयाँ समीकरण बनाउने संकेत दिएको छ। यी चार राष्ट्रहरूबीच लगातार बढ्दो समन्वय र उच्चस्तरीय कूटनीतिक सक्रियता हेर्दा यो सम्भावित ‘नयाँ क्वाड’ को स्वरूप लिनसक्ने अड्कलबाजी अन्तर्राष्ट्रिय रणनीतिक वृत्तमा सुरु भइसकेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आर्मेनियासँगको सम्बन्धलाई विशेष प्राथमिकता दिँदै हालैको BRICS सम्मेलनका अवसरमा कूटनीतिक भेटवार्ता गरेका थिए। यस भेटका क्रममा भारतले आफ्नो राजनयिक उपस्थितिलाई अझ मजबुत बनाउने संकेत दिएको थियो, विशेषतः अजरबैजान र टर्कीको प्रभाव बढ्दै गइरहेका सन्दर्भमा।

ग्रीस र साइप्रससँग भारतको रक्षा, समुद्री सुरक्षा र प्रविधिमा सहकार्य तीव्र गतिमा बढिरहेको छ। तीनै राष्ट्र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभप्रति सतर्क देखिन्छन्, जसले उनीहरूलाई रणनीतिक रूपले भारतसँग नजिक ल्याइरहेको छ।

यस संभावित गठबन्धनले इस्लामी कट्टरपन्थ, उर्जा सुरक्षा, साइबर सहयोग, र व्यापार मार्गमा वैकल्पिक व्यवस्था निर्माण गर्ने रणनीतिक सम्भावना बोकेको छ। पाकिस्तान, टर्की र अजरबैजानका साझा धारणा र ब्लक संरचनाको सन्तुलनका रूपमा पनि यो गठबन्धनको व्याख्या गरिँदैछ।

यद्यपि औपचारिक रूपमा ‘क्वाड’ नाम दिइएको छैन, तर तीव्र राजनीतिक चहलपहल र साझा भूराजनीतिक उद्देश्यहरूले यो साझेदारीलाई निकट भविष्यमा संरचित बहुपक्षीय कूटनीतिक मोर्चामा रूपान्तरण गर्न सक्ने सम्भावना बलियो हुँदै गएको छ।

संम्बधित खबर