जम्मु–कश्मीरको कायापलट : आतंक समर्थकहरूलाई लोकतन्त्रको ठोस झापड

भारत सरकारले ५ अगस्ट २०१९ मा संविधानको अनुच्छेद ३७० हटाउने निर्णय गरेपछि जम्मु–कश्मीर राज्यले एउटा ऐतिहासिक मोड लिएको थियो।
सुरुमा विवादास्पद मानिएको यो निर्णय आज पाँच वर्षपछि लोकतन्त्र, समावेशिता र विकासका दृष्टिले निर्णायक कदम सावित भएको देखिन्छ।
कश्मीरमा आज भएका परिवर्तनहरू शब्दहरूमा मात्र होइन, तथ्यहरूमा आधारित उपलब्धिहरू हुन्ज-सले विगतमा आतंक, कट्टरता र विभाजनको मानसिकताबाट ग्रसित क्षेत्रलाई नयाँ दिशा दिएको छ।
अब जम्मु–कश्मीर केवल संघीय संरचनाको एउटा हिस्सा मात्र होइन, लोकतन्त्रको सफल अभ्यासको उदाहरण पनि बनेको छ।
सहभागिता
२०२० मा पहिलोपटक जम्मु–कश्मीरमा डिस्ट्रिक्ट डेभलपमेन्ट काउन्सिल (DDC) को निर्वाचन गरियो।
यो निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र थिएन; यो एक प्रकारको जनमत संग्रह थियो-जहाँ जनताले हिंसा र उग्रवाद होइन, मतदान र समावेशितालाई रोजे।
यस निर्वाचनमा जम्मु–कश्मीरका २८० सिटहरूमा महिला, अनुसूचित जाति, जनजाति र ग्रामीण क्षेत्रका उम्मेदवारहरू विजयी भए।
सबैभन्दा उल्लेखनीय त के थियो भने, मतदाता सहभागिता ७०% भन्दा बढी पुग्यो-यो तथ्यले स्पष्ट गर्छ कि स्थानीय जनता लोकतान्त्रिक संरचनामा अब आश्वस्त छन्।
The Commune Magazine ले अमेरिकी शहरी युद्ध विश्लेषकहरूको हवाला दिँदै लेखेको छ-”कश्मीरको लोकतान्त्रिक प्रगति त्यो सबैलाई झापड हो जसले रगत बगाउनु नै प्रतिरोध हो भन्ने भ्रम फैलाएका थिए।”
विकास
राज्यका मुख्य सहरहरूदेखि सीमावर्ती बस्तीहरूसम्म अहिले पूर्वाधार निर्माणका उल्लेखनीय परियोजनाहरू सम्पन्न भइसकेका छन् वा प्रगतिको चरणमा छन्।
राज्यभरिका सडकहरू कालोपत्र भइसकेका छन्, ७००० स्कुलहरूमा स्मार्ट बोर्ड र इन्टरनेट पहुँच विस्तार गरिएको छ,
र दर्जनौं सामुदायिक स्वास्थ्य केन्द्रहरू पुनःनिर्माण गरी आधुनिक उपकरणसहित सञ्चालनमा ल्याइएको छ।
Asian Lite ले यसैसन्दर्भमा उल्लेख गरेको छ-“भारतमा विश्वकै सबैभन्दा ठूलो AI–ready विद्यार्थी संख्या जम्मु–कश्मीरमै विकसित हुँदैछ, जसले यहाँको शिक्षालाई उच्च प्रविधि अनुकूल बनाउनेछ।”
यसका साथै, आत्मनिर्भर भारत अभियान अन्तर्गत स्थानीय हस्तकला, कृषिजन्य उत्पादन, र पर्यटन व्यवसायहरूमा पनि लगानी वृद्धि हुँदैछ।
नयाँ उद्योगहरूका लागि कर छुट, अनुदान र तालिम कार्यक्रमहरू घोषणा गरिएका छन्ज-सले युवाहरूको रोजगारी दरमा प्रत्यक्ष असर गरेको छ।
तुलना
जम्मु–कश्मीरको यो रूपान्तरणलाई त्यहाँको पाकिस्तान–शासित कश्मीर (PoJK) सँग तुलना गर्दा निकै फरक देखिन्छ।
Global Order मा प्रकाशित रिपोर्टअनुसार-भारतको पक्षमा शान्ति, रोजगार, शिक्षा र समानता रहेको छ भने पाकिस्तान–शासित क्षेत्रमा अझै पनि सैन्य नियन्त्रण, नागरिक अधिकारको उल्लंघन, र भ्रष्ट प्रशासन कायम छ।
PoJK मा भएको जनता विरोध, पत्रकार दमन, र आर्थिक संकटहरू तीतो यथार्थ हुन्, जसले पाकिस्तानको दोहोरो चरित्र उजागर गरिरहेको छ।
एकातिर पाकिस्तान अन्तर्राष्ट्रिय मञ्चहरूमा कश्मीरको नाममा भाषण गर्छ; अर्कोतर्फ आफ्नो नियन्त्रणमा रहेका कश्मीरीहरूमाथि निरंकुश शासन चलाउँछ।
प्रतिरोध
पाहलगाम क्षेत्रमा केही महिनाअघि भएको आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान आफ्नै परिवार र समुदायको सहयोगमा गरिएको थियो।
ThePrint को रिपोर्ट अनुसार, “सरकारी कागजात र स्थानीय बयानहरूले आतंककारीहरूको नाम सार्वजनिक गरिदिएका थिए।”
यस घटनाले प्रस्ट संकेत गर्छ—अब कश्मीरी जनताले आतंककारीहरूलाई संरक्षण होइन, पहिचान गरिदिने मनस्थिति अपनाएका छन्।
यस प्रकारको नागरिक सहभागिता भारतको आतङ्कविरोधी रणनीतिको मात्र सफलताको सूचक होइन, यो एक सामाजिक रूपान्तरणको आधारस्तम्भ हो—जहाँ डरको स्थानमा साहस बसेको छ।
मौनता
Open Magazine मा प्रकाशित “The Silence Breakers of Kashmir” शीर्षकको लेखमा स्थानीय बौद्धिक, युवा, र हिंसाबाट प्रभावित नागरिकहरूले आफ्ना कथा सार्वजनिक गरिरहेका छन्।
तिनीहरू अब भन्छन्, “हामीले धेरै देख्यौं, धेरै गुमायौं। अब हामी शान्ति र अवसर चाहन्छौं।”
हिजोका मौन साक्षीहरू आज सशक्त आवाज बनेका छन्जो- हिंसाको विरुद्धमा, विकास र अधिकारको पक्षमा उभिएका छन्।
यस मौनता टुट्नु मानसिक मुक्तिको संकेत मात्र होइन, राजनीतिमा नागरिक आत्मबलको पुनःस्थापना पनि हो।
संकेत
भारत भ्रमणमा रहेका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस र प्रधानमन्त्री मोदीबीचको भेट तथा द्विपक्षीय रक्षा सम्झौताले
भारतको रणनीतिक उचाइलाई पुष्टि गरेको छ।
Business Standard अनुसार, ब्राह्मोस क्षेप्यास्त्र प्रणालीको विस्तारसँगै हिन्द–प्रशान्त सुरक्षामा भारतको योगदान बढेको छ,
र कश्मीरको स्थायित्वलाई अन्तर्राष्ट्रिय स्तरमा एक ‘स्टेबल मोडेल’ का रूपमा प्रस्तुत गर्ने माहोल बनिरहेको छ।
यी परिवर्तनहरू केवल सरकारी प्रयासको उपलब्धि मात्र होइनन्; यी जनताको इच्छाशक्ति, साहस र सहकार्यबाट सम्भव भएको सफलताको कथा हुन्।
कश्मीर आज जति सुन्दर देखिन्छ, त्यो मुटुमा लोकतन्त्र, मनमा आशा र व्यवहारमा समावेशिताको जित हो।