समाचार

रौतहटमा एसइई ग्रेडवृद्धि परीक्षाका लागि चार परीक्षा केन्द्र तोकिए

रौतहटमा एसइई ग्रेडवृद्धि परीक्षाका लागि चार परीक्षा केन्द्र तोकिए

आउँदो साउन २९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेडवृद्धि पुरक परीक्षाका लागि रौतहटमा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटका निमित्त प्रमुख उपेन्द्र सिंहका अनुसार गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालय, गरुडा नगरपालिकास्थित मावि गरुडा बैरिया, वृन्दावन नगरपालिकास्थित मावि बरगजवा र चन्द्रपुर नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको हो।

परीक्षा केन्द्रगत विवरण यसप्रकार छ: जुद्ध मावि, गौर – ३६ विद्यालय,मावि गरुडा बैरिया – ३५ विद्यालय,मावि बरगजवा – १४ विद्यालय जनज्योति मावि, चन्द्रपुर – २१ विद्यालय शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ग्रेडवृद्धि पुरक परीक्षामा सामान्य नियमित तथा प्राविधिक धार दुवै समावेश हुनेछन्।

कुल ३५८ परीक्षार्थी सहभागी हुने जनाइएको छ। निमित्त इकाई प्रमुख सिंहले परीक्षा केन्द्रहरू आवश्यक व्यवस्थापनसहित तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो।