समाचार अपराध सुरक्षा

दैलेखका लेखा अधिकृत एक लाख घुससहित रंगेहात पक्राउ!

दैलेखका लेखा अधिकृत एक लाख घुससहित रंगेहात पक्राउ!

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टंकबहादुर कार्की घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कार्कीले सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भइसकेपछि अन्तिम किस्ता भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको हो।

आयोगले असोज २ गते सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट उनलाई पक्राउ गरेको जनाएको छ। कार्की सातौँ तहका कर्मचारी हुन् र उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

स्थानीय पूर्वाधार योजनाका अन्तिम भुक्तानी प्रक्रियामा हुने अनियमितता र घूस प्रकरणले स्थानीय तहको कामकाजमै प्रश्न उठाएको छ। आयोगको यो कदमले ग्रामीण भौतिक पूर्वाधार विकासमा पारदर्शिता सुनिश्चित गर्न अझ कडाइ आवश्यक रहेको सन्देश दिएको छ।