एसवाई प्यानलले उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारी समूहलाई लक्षित गरी आईपीओ खुलायो!

एसवाई प्यानल लिमिटेडले आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) मंगलबारदेखि खुला गरेको छ। कम्पनीले प्रारम्भिक चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आवेदन खुलाएको हो।
यसअघि भदौ २९ गते आईपीओ खुलाउने योजना गरिएको थियो तर विभिन्न कारणले प्रक्रिया स्थगित भएको थियो।
कम्पनीका अनुसार जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० कित्तामध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागिएको हो। सो संख्यामा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता छुट्याइएको छ।
उद्योग प्रभावित क्षेत्रका रूपमा चितवनको रत्ननगर नगरपालिकाका सबै वडालाई समेटिएको कम्पनीले स्पष्ट पारेको छ। बाँकी सेयर सर्वसाधारणको लागि आगामी चरणमा खुला गरिनेछ।