समाचार

राष्ट्रिय स्वाधीनताको बीआईआर खारेजीको माग

राष्ट्रिय स्वाधीनताको बीआईआर खारेजीको माग

राष्ट्रिय एकता अभियानले इनरुवामा राष्ट्रिय स्वाधीनता, बीआरआई ऋण जाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  विषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ।

यो कार्यक्रमको अध्यक्षता इनरुवाको प्रसिद्ध समाजसेवक लक्ष्मी साहले गर्नुभएको थियो भने मुख्य अतिथि अभियानमा केन्द्रीय संयोजक विनय यादव हुनुहुन्थ्यो।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा अभियानका वरिष्ठ नेता तथा सभासद बीपी यादव भने कार्यक्रममा अभियानका प्रवक्ता जीवन साह, सभासद श्रीमती ललिता साह,  गायक ज्योतन मेहता र प्राध्यापक कुञ्ज्यालाल यादवलगायत उपस्थित थिए ।

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतिमा बीआईआर ऋण जालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका   विस्तृत छलफल भयो ।

प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासका चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपलब्ध गराइएको ऋण भोलि नेपालको सार्वभौमसत्ता चुनौती हुने खतरा ओल्याए। 

यादवको भनाइलाई समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँगको बिआराआई सम्झौता खारेज गर्नुपर्नेमा सहमति जनाए।

राष्ट्रिय एकता अभियान विनय यादव