समाचार

भारत सरकारद्वारा बाढी र पहिरो पीडितहरूका लागि दोस्रो चरणको राहत सामाग्री हस्तान्तरण

भारत सरकारद्वारा बाढी र पहिरो पीडितहरूका लागि दोस्रो चरणको राहत सामाग्री हस्तान्तरण

काठमाडौं, भारतीय राजदूतावास (प्रेस विज्ञप्ति): भारत सरकारले नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारहरूको सहयोगमा आफ्नो योगदानलाई निरन्तरता दिँदै आज बाँकेमा दोस्रो चरणको राहत सामाग्री हस्तान्तरण गरेको छ। भारतको तर्फबाट द्वितीय सचिव श्री नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी श्री दत्तराज हमाललाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो।

भारतबाट नेपालगन्जमा पुर्‍याइएको यो मानवीय सहयोगको खेपमा अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट, र मोटर सहितको २१.५ टन राहत सामग्री समावेश छ। यो दोस्रो खेप मात्र भएकोले आगामी दिनहरूमा थप राहत सामाग्री आउने अपेक्षा गरिएको छ।

हालै नेपालमा आएको बाढी र पहिरोले व्यापक विनाश मच्चाएको छ, जसका कारण प्रभावित परिवारहरूलाई तत्कालीन राहत आवश्यक परेको छ। यस कठिन घडीमा भारत सरकारले नेपाल सरकारलाई हरसम्भव साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।