समाचार

रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

बारा, साउन १६ - राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि तथा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरिदिनु पर्ने माग राख्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा उल्लेख छ कि बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित रामपुर स्वास्थ्य चौकीमा कम्तीमा २५ वटा गाउँका एक लाखभन्दा बढी जनसंख्या निर्भर छ। तर, स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, औषधी, उपकरण, र स्वास्थ्य सेवा सुविधाको अभावका कारण स्थानीय जनताले उचित सेवा प्राप्त गर्न नसकेको र महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जान बाध्य भएको अवस्था रहेको छ।

ज्ञापनपत्रमा रामपुर स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, भवन, र अन्य सुविधाहरूको स्तरोन्नति, साथै विशेषज्ञ चिकित्सक, एमबीबीएस डाक्टर, नर्स, र अन्य आवश्यक स्वास्थ्यकर्मीहरूको व्यवस्था गर्ने र अत्यावश्यक औषधी, उपकरण, तथा सामग्रीहरूको पर्याप्त आपूर्ति गर्नुपर्ने माग गरिएको छ।

विनय यादवले उक्त समस्याको समाधानका लागि शीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रीलाई अनुरोध गर्दै, यसले स्थानीय जनताले पाउने स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।